१ कार्तिक २०८३, आइतबार

विआरसी भुटानलाई हराउँदै आयोजक सयपत्री क्लब फाइनलमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

saypatri

– कृष्ण ओझा
पाँचथर, ९ वैशाख । यासोकमा जारी प्रथम कुम्मायक–कुम्मायक आमन्त्रण गोल्डकप फुटबलमा विहीबार भएको अन्तिम सेमीफाइनल खेलमा आयोजक सयपत्री सर्वत्तम क्लब फाईनलमा प्रवेश गरेको छ ।

आयोजकले ३–२ गोल अन्तरको जित निकालेको हो । पहिलो हाफको ४१ औँ मिनेटमा विआरसीका दिनेश कार्कीले गोल गर्दै टिमलाई अग्रता दिलाएका हून ।

मिडफिल्डका खेलाडी कार्कीले आर्कषक गोल प्रहार गरेका थिए । खेलको ५५ औँ मिनेटमा आयोजकका गणेश हेमराङ क्रसपासलाई सिधै जाली चुमाएपछि खेलमा बरावरी भएको आयोकले जनाएका छन ।

बरावरी भएपछि खेल थप आक्रमक हूँदा वेला वेला तनाव समेत हुने गरेको थियो । ५९ औँ मिनेटमा विआरसीका सोम थापाले गोल गर्दै अग्रता दिलाएका हून ।

यो अग्रता धेरैवेर टिक्न पाएन । खेलको ७८ औ मिनेटमा डिएरीयामा विआरीका खेलाडीले फल्ड गरेपछि प्राप्त गरेका पेनल्टिलाई आयोजकका कर्ण लिम्बुले सिधै जालीमा गोल गरी खेल बरावरी भएको होे ।

निर्धारित समयमा खेल बराबरी भएपछि समय थप गरीएको थियो । थपिएको समयको उत्तरार्धमा आयोजकका सन्जोक राईले गोल गर्दा आयोजको जित सुनिश्चित बन्यो ।

अन्तिममा डिएरियामा वल खोसाखोस गर्ने क्रममा राईले गोल गरेका थिए । अन्तिममा गोल गरेका राई म्यान अफ दि म्याच घोषित भए ।