– शम्भू माली
कपिलवस्तु, ९ बैशाख । कपिलवस्तुको कजरहवा ९ सिग्राहामा भएको आगलागीमा परेका पीडित परिवारलाई जिल्ला प्रशासन कार्यायलबाट राहत बितरण गरिएको छ ।
सिग्राहामा गाउँमा १४० घर मध्ये ४८ घर जलेको प्रहरीले जनाएको छ । जस मध्ये ३५ घर पूर्ण रुपमा र १३ घर अंशिक रुपमा जलेको हो ।
आगलागीमा २ बालकको मृत्यु भएको छ । स्थानीय राममिलन गोसाईको घरबाट शुरु भएको आगलागीले सोही स्थानका राजेन्द्र नाउका ६ बर्षिय छोरा संचित नाउको घरभित्र आगलागीमा परेर र गुडडु पासीको दुई महिनाको छोरी लक्ष्मी पासीको आगोको रापले पोलेर मृत्यु भएको हो ।
पुर्ण रुपमा जलेकोलाई ५ हजार नगद र अंशिक रुपमा जलेकालाई ३ हजार नगदका साथै एक एक वटा कमबल बितरण गरिएको छ । प्रचण्ड गर्मी र ठुलो हवा हुरीका चलेकोले अब खाना होईन छानाको ब्यवस्थाको लागी पीडितले माग गरेका छन ।
















प्रतिक्रिया