३० आश्विन २०८३, शुक्रबार

पार्टी गुटउपगुटले चल्न सक्दैन: पौडेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ram Chandra Poudel

चापागाउँ (ललितपुर), १७ साउन । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले काँग्रेस पार्टी गुटउपगुटबाट सञ्चालन हुन नसकिने बताउनुभएको छ ।

काँग्रेस ललितपुर वडा नं ६ द्वारा महामानव बिपीको शतवार्षिक स्मृति दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सङ्घीय लोकतान्त्रिक संविधान निर्माणको समयमा पार्टीभित्र सबै एक भई अगाडि लाग्नुपर्ने बताउँदै प्रतिस्पर्धात्मक अवस्थामा पार्टीभित्र नभई बाह्य तत्वसँग प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिनुभयो ।

बिपीको विचारलाई अङ्गीकार गर्दै लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी काँग्रेसको काँधमा आएको उपसभापति पौडेलले बताउनुभयो ।

काँग्रेस ललितपुरका सभापति एवं सभासद् मदनबहादुर अमात्यले देशको विकासका लागि वर्तमान सरकारले जसरी भए पनि लोकतान्त्रिक संविधान ल्याउनुपर्नेमा जोड दिनुभयो ।

काँग्रेस नेता ओमकारप्रसाद श्रेष्ठले राज्यको पुनःसंरचना, शासकीय स्वरुप, धर्म निरक्षेपतका विषयमा सहमति जुट्न नसके संविधान निर्माणपछि बहस गर्न सकिने तर्क राख्नुभयो ।