१७ कार्तिक २०८३, मंगलबार

बुद्धको शरणमा पुगे पूर्वयुवराज पारस, तिलौराकोट दरबार भने छिरेनन्

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Parasकपिलवस्तु, ७ वैशाख । पूर्वयुवराज पारस शाह कपिलवस्तुको प्राचीन तिलौराकोट दरबार क्षेत्र पुगेका छन् । मंगलबार दिउँसो २ बजे बा. १४ च २१३१ नम्बरको कालो पजेरो गाडि चढेर तीन जना साथीसँगै उनी तिलौराकोट दरबार क्षेत्रमा पुगेका हुन् । उनले तिलौराकोट दरबारको भने अवलोकन गरेनन् । उनीसँगै गएका साथीहरुले भने दरबारको अवलोकन गरेका थिए । त्यतिबेलासम्म पारस भने गाडिभित्रै बसेका थिए ।

तिलौराकोट दरबार तत्कालीन राजा शुद्धोधनको प्राचीन दरबार हो । यही दरबारमा सिद्धार्थ गौतमले २८ वर्षसम्म युवराजको रुपमा विताएका थिए । बुद्धत्व प्राप्त गर्नुअघि सिद्धार्थ गौतमले तिलौराकोट दरबारमा युवराजको रुपमा २८ वर्ष विताएका थिए । तिलौराकोट दरबार क्षेत्रमा अहिले पनि उनले दरबार त्यागेर हिँड्दाको पश्चिम गेटसहित संरचनाको भग्नावशेष देख्न सकिन्छ ।

पूर्वयुवराज पारसको भ्रमणबारे कसैलाई आधिकारिक जानकारी दिइएको थिएन । सुरक्षा अंगमा समेत खबर नगरी अचानक लुम्बिनी–तौलिहवा बाटो हुँदै उनी तिलौराकोट पुगेका थिए ।

ऐतिहासिक महत्वको यो दरबार अवलोकन गर्न पूर्वयुवराजले रुचि देखाएनन् । स्थानीयकै आग्रहअनुसार केही बेरलाई उनी गाडीबाहिरसम्म निस्के तर भित्र पसेर अवलोकन गरेनन् । लुम्बिनी विकास कोष तिलौराकोट सम्पर्क कार्यालका प्रमुख माधव आचार्यले उनी दरबार क्षेत्रभित्र प्रवेश नगरेको सञ्चारकर्मीलाई बताए ।

पारस तौलिहवा– जितपुरको बाटो हुँदै पूर्वपश्चिम राजमार्गतर्फ लागेका थिए । शाहको भ्रमणका बिषयमा जानकारी नभएको प्रहरीले जनाएको छ ।