३१ आश्विन २०८३, शनिबार

चीनसँग बदला लिन भारतले बनायो कुटनीतिक रणनीति, चीनले के भन्यो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

narendra-modi-xi-jinping_0_0_0

काठमाडौं, ७ वैशाख । एसियाका दुई शक्तिशाली मुलुक भारत र चीनबीच एक अर्कालाई अप्ठ्यारो पार्ने होडबाजी शुरु भएको छ ।

संयुक्त राष्ट्र संघमा मसुद अजहरलाई अन्तर्राष्ट्रिय आतंकवादी घोषणा गर्नबाट चीनले रोकपछि भारतले चीनलाई पनि समस्यामा पार्ने रणनीति अघि सारेको छ । भारतले चीनमा विवादित रहेको उइगुर मुस्लिमको मुद्दा उठाएर अप्ठ्यारोमा पार्ने रणनीति बनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि मसुद अजहरलाई अन्तर्राष्ट्रिय आतंकवादी घोषणा गर्न चीनले रोकेपछि भारतले त्यसको जवाफ मागेको थियो । चीनले भने यो विषयमा पाकिस्तानसँग सल्लाह गर्न सुझाव दिएको थियो ।

भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार दिल्लीस्थित चिनियाँ दूतावासका अधिकारी लियु जिनसाङले आफ्नो देश यो मामिलामा भारत र पाकिस्तान सहमत हुनुपर्ने पक्षमा रहेको स्पष्ट पारेका थिए ।

अजहरको मुद्दामा आफूले भिटो लगाएको नभई प्राविधिक रुपमा रोकेको चीनको भनाइ छ ।