१ कार्तिक २०८३, आइतबार

मन्त्रिपरिषद् बैठक जारी, विभिन्न देशमा रिक्त राजदूत र सचिव नियुक्ति गर्ने तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pm-niwas-baluwatarकाठमाडौं, ७ वैशाख । सरकारले विभिन्न मुलुकमा रिक्त राजदूत तथा मन्त्रालयका सचिव नियुक्ति गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी मन्त्रिपरिषद्को बैठकमा रिक्त राजदूत र सचिव नियुक्तिका बारेमा छलफल भइरहेको स्रोतले जनाएको छ ।

विभिन्न देशमा राजदूत खाली भएको लामो समय भइसक्दा पनि नियुक्त हुन सकेको थिएन । त्यसैगरी केही सचिवहरुको दरबन्दीसमेत रिक्त भएकाले सरकारले नियुक्त गर्ने तयारी गरेको छ ।

तर राजदूत र सचिव नियुक्तिमा सरकार साझेदार दलहरुबीच भागबण्डाको किचलो भने कायमै रहेको छ ।