१ कार्तिक २०८३, आइतबार

पातुखोलामा अबैध रुपमा नदिजन्य पदार्थको उत्खनन्, रातदिन चल्छन् स्काभेटर

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khola-dhunga-load-1

– गणेश आचार्य
तुलसीपुर, ७ वैशाख । दाङको पातुखोलाबाट अनाधिकृत रुपमा गिट्टी बालुवा उत्खनन् भैरहेको छ ।

जिल्ला विकास समितीले टेण्डर खोलेर नदिजन्य पदार्थको निकासी अनुमती दिएको पातुखोला बाट जिविसकै मिलेमतोमा ठेकेदारले अबैध रुपमा गिट्टी बालुवा उत्खनन् गर्ने गरेका छन् । जिविसले पातुखोलाको सुकौरा–बैवाङ सडकखण्डको उत्तरतिर र बेलगनार गाऊंको पश्चिम पर्ने पातुखोलाको बिच भागमा दुई सय ५० मिटर लम्बाई र ५० मिटर चौडाई भित्र बाट आठ हजार सात सय ५० घनमिटर नदिजन्य पदार्थ निकासी गर्ने अनुमती बुढाथोकी सप्लायर्स लाई दिएको छ ।

dang-bill (1) तर, बुढाथोकी सप्लायर्सले भने जिविसले तोकेको स्थान भन्दा बाहिर बाट पनि मनोमानी तरिकाले गिट्टी बालुवा उत्खनन् गरिरहेको छ । उसले सुकौरा,बेलगनार,सलौरा,बनगाऊं,बटवलपुर,राइखलियान,गोलौरा,रजौरा,तुलसीपुरको नयांबसपार्क,पातुखोलाको पुल वरपर,पुलदेखीदेखी उत्तर तिर राम्रीसम्म गिट्टी,बालुवा र ढुङ्गाको अबैध उत्खनन् गरिरहेको छ । आठ हजार सात सय ५० घनमिटर नदिजन्य पदार्थ निकासी गर्ने अनुमती पाएको बुढाथोकी सप्लायर्सले १४ हजार घनमिटर भन्दा बढी नदिजन्य पदार्थ निकासा गरिसकेको छ । जिविसले बुढाथोकी सप्लायर्सलाई एक नम्वर देखी नै सिरियल नम्बर राखेर आम्दानी रसिद दिएको थियो । एउटा ट्याक्टरले एक टिपमा २.५ घनमिटर नदिजन्य पदार्थ बोक्ने गर्छ । हालसम्म ५३ सय भन्दा आम्दानी रसिद काटीएको छ । आम्दानी रसिद काटीएको अनुपातले करिब १४ हजार घनमिटर नदिजन्य पदार्थ निकासी भइसकेको छ । तर,जिविसले भने आठ हजार सात सय ५० घनमिटर भन्दा बढी नदिजन्य पदार्थ निकास गर्न नपाइने सम्झौता ठेकेदार संग गरेको छ ।

बुढाथोकी सप्लायर्सले पातुखोलामा पर्ने सुकौरा देखी राम्री सम्म नै जिबिसले उपलब्ध गराएको आम्दानी रसिद काटेर गिट्टी, बालुवा र ढुङ्गा बेचबिखन गरिहेको छ । पातुखोलामा सुकौरा देखी राम्री सम्म जिविसको आम्दानी रसिद लिएर बसेका ठेकेदारका कर्मचारी दिनभरी नै बसेका हुन्छन् । ठेकेदारको मिलेमतोमा पातुखोलामा रातदिन गिट्टी,बालुवा र ढुङ्गा उत्खनन् गर्न स्काभेटर समेत लगाउने गरिएको छ । जिविसले तोकेको स्थान बाहिर र उत्खनन् गर्दा स्काभेटर प्रयोग गरिनु गैरकानूनी काम हो । जिविसले तोकेको स्थान भन्दा बाहीर बाट स्काभेटर प्रयोग गरेर गिट्टी,बालुवा र ढुङ्गा उत्खनन् गर्दा पातुखोला खण्डहर बन्दै गएको छ । स्काभेटरले खन्दा पातुखोला भरी ट्याक्टर नै पुरिने खाल्डा बनेका छन् । स्थानियवासीका अनुसार पातुखोलामा रातदिन स्काभेटर प्रयोग गरिन्छ । ‘मेरो घरको नजिकै रातदिन स्काभेटरले ढुङ्गा निकाल्छ । ट्याक्टर पुरिने खाल्डा छन् । रातीमा स्काभेटर चलेर निद्रै लाग्दैन ।’ गोलौराका रामनाथ बुढाथोकीले भने,‘मैले स्काभेटर चलेको जानकारी इप्रका तुलसीपुरलाई चार पटक गराइसकें । तर,तर,प्रहरीले भ्यान बिग्रेको भन्दै टार्ने गर्छ । पक्राऊ गर्न अहिलेसम्म आएको छैन् । अब त खबरै गर्न छोडें ।’

Khola-dhunga-load

जिविसले तोकेको नियम अनुसार पातुखोलाको पुलको पांच सय मिटर वरपर बाट गिट्टी, बालुवा निकाल्न पाइदैन् । तर, त्यहां पनि उत्खनन् भइरहेको छ । पुलको एक सय मिटर भन्दा नजिकै बाट दिनहुं ट्याक्टरले गिट्टी,बालुवा र ढुङ्गा लैजाने गरेको स्थानिय देवकली खड्काल्े जानकारी दिइन । स्थानिय साबित्रा बिश्वकर्मा ।

पुल नजिकै बाट गिट्टी,बालुवा र ढुङ्गा हुंदा पुल नै जोखिममा परेको बताउंछीन् । प्रहरीलाई धेरै पटक खबर गरे पनि प्रहरीले वास्ता नगरेको उनको भनाई छ ।

दाङका स्थानिय विकास अधिकारी रमेश गौतमले जिविसले तोकेको स्थान बाट मात्रै ठेकेदारले गिट्टी बालुवा निकासी गर्न पाउने,अन्यत्र बाट उत्खनन् गरको र स्काभेटर प्रयोग गरिएको पाइएमा अबैध ठहर्ने भन्दै त्यस्तो भएको पाइएमा ठेकेदारलाई कालो सूचीमा राखेर कार्वाही गरिने बताए । ‘जिविसले तोकेको भन्दा बाहरि बाट उत्खनन् गर्नु र स्काभेटर लगाउनु गैरकानूनी काम हो ।’उनले भने,‘ त्यस्तो गरेको पाइएमा ठेकेदारदाई कालो सूचीमा राखेर कार्वाही गरिन्छ ।’ गौतमले ठेकेदारले स्काभेटर प्रयोग गरेर उत्खनन् भइरहेको जानकारी आफूले पाएको भन्दै जानकारी पाउना साथ कावार्हीका लागि जिल्ला प्रशासनलाई पत्राचार गरेको जानकारी दिए ।

dang-bill (2)

तर, दाङका सहायक प्रमुख जिल्ला अधिकारी भरत बुढाथोकीले तोकेको स्थान भन्दा बाहीर बाट उत्खनन् गर्नु र स्काभेटर प्रयोग गर्नु दुबै अबैध भएको भन्दै खोलामा हुने दादागिरीका कारण प्रशासनले मात्रै कार्वाही गर्ने हैसियत नराख्ने प्रतिक्रिया दिए । उनले भने,‘तपाइले भने जस्तो भएको छ भने त्यो गैरकानूनी काम हो । तर,खोलामा हुने दादागिरी कारण हामीसंग उनिहरुलाई कार्वाही गर्ने हैसियत छैन् । सबै नागरिको सहयोगको खांचो छ ।’

पातुखोला बाट गिट्टी बालुवा निकासी गर्ने टेण्डर पारेका बुढाथोकी सप्लायर्सका प्रोप्राइटर तेजबहादुर बुढाथोकी संग भने सम्पर्क हुन सकेन ।