३० आश्विन २०८३, शुक्रबार

उद्धार कार्यका लागि सरकारी संयन्त्र फितलोः एमाओवादी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UCPN_Maoist_Head_Office_Paris_Danda

काठमाडौँ, १७ साउन । एमाओवादीले सिन्धुपाल्चोकस्थित सुनकोसी नदीमा आएको प्राकृतिक विपत्तिमा परी जनधनको क्षति भएकालाई उचित उद्धार कार्यमा सरकारी संयन्त्रको परिचालन फितलो भएको भन्दै आपत्ति प्रकट गरेको छ ।

एमाओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिवार आयोजित पत्रकार सम्मेलनमा सो पार्टीका प्रवक्ता दीनानाथ शर्माले नदी थुनिएको लामो समय भईसक्दासमेत उद्धार कार्यमा ढिलाइ भएको भन्दै तत्काल सो कार्यमा गति दिन र घरबारविहीन भएकालाई राहत प्रदान गर्न आग्रह गर्नुभयो ।

उहाँले छिमेकी जिल्ला र सोही जिल्लाका पार्टी कार्यकर्तालाई पनि उद्धार राहत कार्यमा खटिन पार्टी हेडक्वाटरको तर्फबाट निर्देशन दिइसकिएको जानकारी दिनुभयो ।

आइतबारबाट हुन लागेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले राजनीतिक तहमा संवादको ढोका खुल्ने विश्वास व्यक्त गर्दै उहाँले अधिकभन्दा अधिकरुपमा नेपालले फाइदा लिनुपर्नेमा जोड दिनुभयो ।

“भ्रमणलाई समान्य औपचारिकतामा सीमित गरिनु हुँदैन, दुई देशबीचको सम्बन्धलाई नयाँ आधारमा उनन्त बनाउनुपर्दछ, त्यसका लागि सरकार, राजनीतिक दल र सरोकारवालाले विशेष ध्यान दिनुपर्दछ”, प्रवक्ता शर्माले भन्नुभयो ।

मुलुकको आर्थिक समृद्धि र उन्नतिका लागि विद्युत् व्यापार सम्झौता आवश्यक रहेको धारणा राख्दै उहाँले परियोजना विकास सम्झौता(पिडिए)का सम्बन्धमा राष्ट्रिय सहमति कायम गर्नुपर्छ भन्नुभयो ।

संविधान निर्माणको प्रक्रियाले गति लिएको भन्दै उहाँले तोकिएको समयमा नै संविधान जारी हुने आशा पलाएको विश्वास व्यक्त गर्नुभयो ।

प्रवक्ता शर्माले आफ्नो पार्टीभित्र देखिएको विवाद समाधान हुने दिशामा नै छलफल केन्द्रित रहेको र माओवादी पार्टीहरुबीच सुरु गरिएको कार्यगत एकताले सार्थक निष्कर्ष निकाल्ने धारणा राख्नुभयो ।