काठमाडौं, साउन १७ । आईतबारको कार्यतालिकाः कार्यतालिका अनुसार मोदी आईतबार विहान १० बजेर ५० मिनेटमा त्रिभुवन विमानस्थलमा बोईङग् विजनेश जेटबाट अवतरण, त्यही प्रधानमन्त्री कोईराबाट स्वागत हुने ।
नेपाली राष्ट्रिय गीत बजाएर उहाँको स्वागतका लागि नेपाल सरकारका तर्फबाट १९ तोपको सलामी । त्यसपछि परिचयको कार्यक्रम। विहान ११ बजेर १५ मिनेटमा उहाँ बस्ने होटल ह्यात तर्फ प्रस्थान, ११ बजेर २५ मिनेटमा होटल ह्यात पुग्ने । दिउँसो १२ बजेर ३० मिनेटदेखि १ बजेसम्म पराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसंग शिष्टचार भेटघाट ।
१ बजेदेखि २ बजेसम्म लन्च आवर । त्यसपछि २ बजेर १० मिनेटमा सिंहदरवार प्रस्थान । सिंहदरवारमा २ बजेर ३० मिनेटमा पुग्ने । सिंहदरवारमा २ बजेर ३० मिनेटदेखि ३ बजेसम्म उहाँका समकक्षी सुशील कोईरालसंग भेटवार्ता गर्ने।
३ बजेदेखि ४ बजेसम्म सिंहदरवारमै द्धिपक्षीय वार्ता हुने । त्यसको लगत्तै ४ बजेदेखि ४ बजेर १५ मिनेटसम्म दुई प्रधानमन्त्रीको उपस्थितिमा विभिन्न सम्झौतामा हस्ताक्षर गर्ने।
त्यसपछि ४ बजेर १५ मिनेटदेखि ४ बजेर २० मिनेटमा संसद भवनको लागि प्रस्थान । ४ बजेर ३० मिनेटमा संसद भवन बानेश्वरमा पुग्ने । ४ बजेर ३० मिनेटदेखि ४ बजेर ४५ मिनेटसम्म सभामुख सुवासचन्द्र नेम्बाङ्संग भेटवार्ता । त्यसपछि ४ वजेर ५० मिनेटदेखि ५ बजेर ३० मिनेटसम्म संसदमा सम्बोधन गर्ने ।
संसदको सम्बोधन लगत्तै ५ बजेर३५ मिनेटमा आफू बस्ने होटल ह्यात प्रस्थान् गर्ने । ५ बजेर ५० मिनेटमा होटल ह्यात पुग्ने । ६ बजेर ३० मिनेटदेखि ७ बजेर ३० मिनेटसम्म भारतीय दूतावासमा आयोजित स्वागत कार्यक्रममा सरिक हुने ।
७ बजेर ३५ मा प्रधानमन्त्री सुशील कोईरालाद्धारा आयोजित रिसेप्सनमा सरिक हुने । ८ बजे होटल सोल्टीमा पुग्ने । ८ बजेदेखि ९ बजेसम्म प्रधानमन्त्री कोइरालाद्धारा सम्मानका लागि दिईने रात्रिभोजमा सरिक । त्यसपछि ९ बजेर ३५ मिनेटमा होटल ह्यातका लागि प्रस्थान गर्ने ।
सोमबारको कार्यतालिकाः
विहान ९ बजेर १५ मा पशुपतिनाथ मन्दिरको लागि प्रस्थान् । ९ बजेर २५ मा पशुपतिनाथ मन्दिरमा पुग्ने । ९ बजेर ३० मिनेटदेखि १० बजेर १५ मिनेटसम्म पशुपतिनाथको दर्शन तथा पूजा गर्ने । त्यस लगत्तै १० बजेर १५ मिनेटदेखि १० बजेर २५ मिनेटसम्म होटल ह्यातका लागि प्रस्थान गर्ने ।
११ बजे राष्ट्रपती भवन शीतल निवासका लागि प्रस्थान । ११ बजेर १५ मिनेटदेखि ११ बजेर ४५ मिनेटसम्म राष्ट्रपति यादवसँग भेट्ने । त्यसपछि राष्ट्रपतिले आयोजना गरेको दिवाभोजमा सरिक हुने ।
दिवाभोजमा ११ बजेर ४५ मिनेटदेखि १३ बजेसम्म सामेल हुने । लगत्तै हायात होटल जाने र विभिन्न राजनीतिक दलका नेताहरुसँग भेट्ने । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सुरुमा भेट्ने ।
त्यसपछि एमाओवादी अध्यक्ष प्रचण्ड र मधेसी दलका नेताहरुसँग भेट्ने । दिउँसो ३ देखि ३ बवेर ३० मिनेटसम्म व्यापारिक समुदायलाई सम्बोधन गर्ने ।
त्यसपछि पाटन दरबार स्क्वायर अवलोकनका लागि जाने । पाटन दरबार स्क्वायरमा केही समय विताएपछि त्रिभुवन विमानस्थलका लागि अपराह्न ४बजेर ५० मिनेटमा प्रस्थान गर्ने । ५ बजेर ३५ मिनेटमा बोइङ विजनेस जेटमार्फत दिल्लीका लागि प्रस्थान गर्ने
















प्रतिक्रिया