काठमाडौं, १७ साउन । नेकपा एमाले मोरङ–काठमाडौं सम्पर्क मञ्चले एसएलसी २०७० मा सर्वोत्कृष्ट भएका छात्रछात्रालाई सम्मान गरेको छ ।
शनिबार रिपोर्टर्स क्लब नेपालमा सम्मान कार्यक्रम आयोजना गर्दै मञ्चले विद्यार्थीहरुलाई सम्मान गरेको हो । मञ्चका अध्यक्ष नवराज घिमिरेको सभापतित्वमा आयोजित सम्मान कार्यक्रममा २०७१ सालको एसएसलसी परिक्षामा सर्वोत्कृष्ट भएका विद्यार्थीहरुलाई सम्मान गरिएको हो ।
सम्मान कार्यक्रममा बोल्दै एमाले उपाध्यक्ष विद्या भण्डारीले सम्मानित विद्यार्थीहरुलाई अझै कडा मेहनतका साथ अध्ययनमा लाग्न सुझाव दिनुभयो । सम्मानित हुनेमा छात्रा तर्फ सवैभन्दा बढी अंक ल्याउने संयोग कार्की रहेका छन् । जसले ९४.१३ प्रतिशत अंक ल्याएका थिए । कार्यक्रममा मोरङ जिल्लाबाट काठमाडौ अध्ययन गर्न आएका अन्य ३० जना विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रिय लेखा आयोगका सदस्य खम्ब खत्री तथा मोरङका सभासदहरुले उत्कृष्ट विद्यार्थीहरुलाई शुभकामना एवम् बधाई दिएका थिए ।
सम्पर्क मञ्चका सचिव महेश आचार्यले ग्रामिण भेगदेखि उच्च शिक्षा हासिल गर्न राजधानी आएका छात्रछात्राहरुलाई सहज वातावरण निर्माण गर्न, उनीहरुको समस्या बुझ्न पनि यस्ता खाले कार्यक्रमले मद्यत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
















प्रतिक्रिया