३० आश्विन २०८३, शुक्रबार

विदेशमा दुःख गरी कमाएको ३ करोड रुपैयाँले तीनकुनेमा ‘महानगर सुपरमार्केट’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahanagar-Supermarket (1)

काठमाडौं, ६ वैशाख । वैदेशिक रोजगारीको शिलशिलामा कतार, दुबाई, बहराइन, हंगकंग लगायत अन्य देशहरुमा कार्यरत करिब ३० जना नेपाली युवाहरुको समूहले काठमाडौको तीनकुनेमा आधुनिक सुपरमार्केट खोलेका छन् ।

उक्त सुपरमार्केट नयाँ बर्षको अबसर पारेर गत बैशाख १ बुधबारदेखि संचालनमा आएको छ । करिब ७ बर्ष पहिले कतारबाट सुरु गरिएको ५–७ जना मिलेर आफूले कमाएको पैसा घर खर्च र अन्य खर्च कटाएर केही बाँकी रकम बचत गर्ने उद्देश्यले एक सामूहिक बचत कोष स्थापना गरेका थिए । सोहि सामुहिक बचत कोषलाई निरन्तरता दिँदै प्रवासको बसाइ अन्त्य पश्चात स्वदेश्मा गएर पनि बेरोजगार बन्न नपरोस भन्ने उद्देश्यले कतार लगायत अन्य मुलुकमा कार्यरत आफन्त तथा साथीभाईहरुसँग हातेमालो गर्दै करिब ६५ जना भन्दा धेरै व्यक्तिहरुको संलग्नतामा नेपालमा महानगर सहकारि संस्था करिब ५ बर्ष पहिले स्थापना गर्न सफल भएका थिए । हाल आएर उक्त महानगर सहकारी संस्थामा करिब १ सय भन्दा बढी शेयर धनीहरु रहेको सहकारीका प्रबन्धक निर्बाचन राईले जानकारी दिए ।

Mahanagar-Supermarket (3)

सोहि सहकारी सस्था मध्येका करिब ३० जाना युबाहरु मिलि करिब ३ करोड रुपैयाँ लगानी गरि राजधानीस्थित सुबिधानगर तीनकुने काठमाडौंमा आधुनिक सुपरमार्केट संञ्चालनमा ल्याएका हुन्, जुन मार्केटमा आफैले बिभिन्न तरकारी खेती लगायत अन्य खाद्य बस्तु उत्पादन गरी बिक्री वितरण गर्ने उद्देश्य राखेका छन् ।

अहिले सुपरमार्केटमा दैनिक उपोग्य वस्तुहरु दाल, चामल, तरकारी, फलफुल, पेय पदार्थ, मदिरालगायतका खाद्य सामग्री राखिएको छ । सुपर मार्केटका म्यानेजर निर्वचन राईले कम मूल्यमा गुणस्तरीय सेवा दिने उद्देश्यले मार्केट सुरु गरिएको बताए ।

Mahanagar-Supermarket (2)

उक्त मार्केटको उद्देश्य सुरुमा मात्र नभई दीर्घकालिन रुपमै अन्य प्रतिस्पर्धीभन्दा कम मूल्यमा वस्तु तथा सेवा उपलब्ध गराउने रहेको छ । बिक्री गरिने वस्तुहरुमा नाफाको अनुपात निकै कम राखिएको जानकारी समेत ब्यबस्थापन पक्षले जानकारी दिएका छन् । ‘तत्कालको लागि सामान हेरेर बाहिरको भन्दा ५ देखि २५ प्रतिशतसम्म कम मूल्यमा सेवा उपलब्ध गराउने भएको छ । त्यसै गरि उक्त मार्केटमा लगानीकर्तामध्ये अधिकांश वैदेशिक रोजगारका लागि विदेशमा रहेका वा गएर फर्किएकाहरु छन् ।

‘विदेशमा कमाएको रकम र अनुभवलाई स्वदेशमा आएपछि पनि राम्ररी सदुपयोग गर्न सकिने र स्वोदेश फर्किय पछि पनि बेरोजगार हुनु नपर्ने उदाहरण पनि हो,’ प्रबन्धक राईले भने, ‘यो वैदेशिक रोजगारमा गएका नेपालीहरुले आफ्नो कमाई व्यवस्थित गराउने एउटा अभियान पनि हो ।’

यस सुपरमार्केटका म्यानेजर राई स्वयम् पनि करिब १६ वर्ष बैदेशिक रोजगारमा दुबई कतार लगायत देशमा काम गरेर फर्किएका हुन् । उनले त्यहाँको चर्चित सुपरमार्केट कम्पनी ‘क्यारी फोर’को म्यानेजर भएर काम गरेका थिए ।