३० आश्विन २०८३, शुक्रबार

सिन्धुपाल्चोकका नेता अरुण नेपाल भन्छन्, ‘कति मरे यकिनै गर्न नसकिने अबस्था छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sunkoshi25Sunkoshi23काठमाडौं, १७ साउन । सिन्धुपाल्चोकको जुरेमा पहिरोले वितण्डा मच्चाएको खबर थाहा पाएपछि गृह जिल्ला पुगेका एमालेका केन्द्रीय नेता अरुण नेपालले मृतकको संख्या यकिन नै गर्न अप्ठेरो परेको बताउनुभएको छ ।

मध्यराति पहिरो र बाढी आएकोले सय भन्दा बढी घर पूरिएको हुन सक्ने उहाँको अनुमान छ । ‘यतिसम्म कि घरमा को को थिए, थिएनन भन्ने अनुमान गर्न सम्म अप्ठेरो छ, एक सय मानिस सम्पर्कविहीन भएकाले कति मरे अनुमानै गर्न गाह्रो भएको छ ।’ – उहाँले भन्नुभयो ।

नेता नेपालले नदी खुलाउन तीन वटा बिस्फोट गरिएको जानकारी दिनुभयो । नदी ओभर फ्लो भएर बग्न थालेकाले अनुमान गरिएअनुसार कम क्षति हुन सक्ने उहाँले बताउनुभयो । ‘पानी एकैचोटि बग्यो भने बढी क्षति हुन्छ, तर पहिरोसँग ठूला ठूला चट्टान छ । चट्टान एकैपटक बग्दैन । त्यसैले नदीको बहाव ठूलो नहुन सक्छ ।’ उहाँले भन्नुभयो । यद्यपि सावधानी अपनाउन भने जरुरी रहेको उहाँले जानकारी दिनुभयो ।

सेना र प्रहरीका साथै सिन्धुपाल्चोकका राजनीतिक दलका नेता, सरकारी अधिकारी, नागरिक समाज, रेडक्रसकर्मी तथा संचारकर्मीहरु समेत अहिले उद्दारमा जुटिरहेका छन् ।