३० आश्विन २०८३, शुक्रबार

थुनिएको पानी सप्तकोसी पुग्ने वेला ५६ वटै ढोका खुला रहने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sunkosi4

विराटनगर, १७ साउन । सुनकोसी नदीमा थुनिएको पानी ठूलो परिमाणमा एक्कासी सप्तकोसीमा मिसिएमा हुन सक्ने क्षति सम्बन्धमा भारत विहारका कोसी योजनाका चिफ इन्जिनियर राजेशकुमारले आपूहरु पूर्णरुपले सतर्क रहेको बताउनुभएको छ ।

थुनिएको सो पानी एक्कासि सप्तकोसीमा मिसिएपछि कोसी व्यारेजसम्म पुग्नमा कम्तीमा १० घण्टा लाग्ने र सो अवधिमा सुरक्षित ढङ्गले पानीको निकास गराइदिने उहाँले दाबी गर्नुभयो ।

उहाँले यस कार्यका लागि आवश्यक प्रबन्ध मिलाउनुका साथै विभिन्न ठाउँमा प्राविधिक खटाइसकिएको छ । यतिखेर कोसीको ५६ ढोकामध्ये १८ वटा ढोका खुल्ला रहेको र सो पानी आउनलाग्दा सम्पूर्ण ढोका खुल्ला गर्न आदेशसमेत जारी गरिसकिएको बताउनुभयो ।

कोसी व्यारेजमा यतिखेर एक लाख ३२ हजार क्युसेक पानी रहेको छ । कोसी नदीको क्षमता नौ लाखसम्म छ ।

यसैबीच, सुनसरीका सुरक्षाकर्मीले कोसीबाट प्रभावित हुन सक्ने हरिपुर, कुशहा गाविसका जनतालाई सुरक्षित स्थानमा सार्ने काम तीव्रगतिले गरिरहेका छन् ।