विराटनगर, १७ साउन । सुनकोसी नदीमा थुनिएको पानी ठूलो परिमाणमा एक्कासि सप्तकोसीमा मिसिएमा हुन सक्ने क्षति सम्बन्धमा भारत विहारका कोसी योजनाका चिफ इन्जिनियर राजेशकुमारले आपूmहरु पूर्णरुपले सतर्क रहेको बताउनुभएको छ ।
थुनिएको पानी एक्कासि सप्तकोसीमा मिसिएपछि कोसी व्यारेजसम्म पुग्नमा कम्तीमा १० घण्टा लाग्ने र सो अवधिमा सुरक्षित ढङ्गले पानीको निकास गराइदिने उहाँले दाबी गर्नुभयो ।
उहाँले यस कार्यका लागि आवश्यक प्रबन्ध मिलाउनुका साथै विभिन्न ठाउँमा प्राविधिक खटाइसकिएको छ । यतिखेर कोसीको ५६ ढोकामध्ये १८ वटा ढोका खुल्ला रहेको र सो पानी आउनलाग्दा सम्पूर्ण ढोका खुल्ला गर्न आदेशसमेत जारी गरिसकिएको बताउनुभयो ।
कोसी व्यारेजमा यतिखेर एक लाख ३२ हजार क्युसेक पानी रहेको छ । कोसी नदीको क्षमता नौ लाखसम्म छ ।
यसैबीच, सुनसरीका सुरक्षाकर्मीले कोसीबाट प्रभावित हुन सक्ने हरिपुर, कुशहा गाविसका जनतालाई सुरक्षित स्थानमा सार्ने काम तीव्रगतिले गरिरहेका छन् ।
सप्तरी आसपासका स्थानीयलाई पनि सचेत भएर बस्न आग्रह
सुनकोसी नदीमा पहिरो खसेपछि थुनिएको पानीको बहाव सप्तकोसीमा आउने खतरा देखिएपछि सप्तकोसी नदी छेउछाउमा पर्ने सप्तरीका विभिन्न गाविसका स्थानीयलाई उच्च सतर्क भएर बस्न आग्रह गरिएको छ ।
सुनकोसीको बहाव थुनिएपछि त्यसको पानी सप्तकोसी नदीमा आएर ठूलो धनजनको क्षति हुने खतरा देखिएपछि स्थानीय प्रशासनले सप्तकोसी नदीको छेउछाउका गाविसका स्थानीयवासीलाई सचेत भएर बस्न आग्रह गरेको छ ।
सप्तकोसी नदीमा पानीको बहाव बढेपछि सप्तकोसी नदीको बीच भागमै पर्ने सप्तरीको गोबरगाढासहित रम्पुरा मल्हनियाँ, बसाइन, भारदह, २ नम्बर योगिनियाँ, १ नम्बर योगिनियाँ, हनुमाननगर, इनरुवालगायतका गाविसमा ठूलो क्षति पु¥याउन सक्ने सम्भावना रहेको कोसीपीडित समाज सप्तरीका अध्यक्ष देवनारायण यादवले बताउनुभयो ।
सुनकोसी नदीको पानीको बहाव सप्तकोसीमा आए कोसी ब्यारेजलाई थाम्न नसक्ने भएकाले सप्तकोसी नदीको चतरा र कोसी ब्यारेजलगायतका स्थानमा नेपाली सेनाको प्राविधिक टोली र इन्जिनियरहरुको टोलीलाई तयारी अवस्थामा राखिएको प्रजिअ बीरेन्द यादवले बताउनुभयो ।
यता सप्तकोसी ब्यारेजको कन्ट्रोल शाखाका अनुसार अहिले सप्तकोसी नदीमा एक लाख ३२ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेको छ । सप्तकोसी नदी यतिको पानीको बहावले मात्र केही क्षति नपु¥याए पनि त्योभन्दा बढी पानीको बहाव भएमा मात्र खतरा हुन सक्ने सम्भावना रहेको सप्तकोसी नदी कन्ट्रोल शाखाले जनाएको छ ।
















प्रतिक्रिया