३० आश्विन २०८३, शुक्रबार

मोदी भ्रमण फलदायी बनाउन सरकारसँग एमालेको आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli baa

काठमाडौं , १७ साउन । नेकपा एमालेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणलाई दुबै देशका निमित्त फलदायी बनाउन सरकारसँग आग्रह गरेको छ ।

शनिवार राजधानीमा बसेको संसदीय दलको बैठकले १७ वर्षपछि हुन लागेको भारतीय प्रधानमन्त्रीको भ्रमणको स्वागत पनि गरेको छ ।

एमालेका अध्यक्ष समेत रहनु भएका दलका नेता ओलीको अध्यक्षतामा बसेको बैठकले भ्रमण दुबै देशका लागि फलदायी हुने विश्वाससमेत व्यक्त गरेको छ ।

त्यसैगरी बैठकले थुनिएको सुनकोशी नदी खुलाउन सम्भव भएका सबै विकल्प प्रयोग गर्न पनि सरकारसँग आग्रह गरेको छ ।

बैठकले विपत्तबाट हुने क्षतिलाई सकेसम्म कम गर्न राज्यका सबै संयन्त्र प्रयोग गर्न पनि आग्रह गरेको छ । नदी खुलाउ सम्भव नभए अन्तर्राष्ट्रिय सहयोग लिन पनि एमालेले भनेको छ ।