सिराहा, ६ बैशाख । हतियार बोकेर हिड्ने दुई जना सिरहामा पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुखिपुर नगरपालिका–९ स्थित औरही–धनगढी सडक खण्डमा बिआर ३२ एफ १६०३ नम्बरको मोटरसाइकल चालक हर्कटी–५ बस्ने ४५ वर्षीय हरिगोविन्द यादव र मोटरसाइकलमा सवार हर्कटी–१ बस्ने ५६ वर्षीय भुटन सदा दासलाई १ थान त्रिशुल, रातो रंगको झोलामा लुकाएको २ थान कटुवा पेस्तोल, १ थान शंख र १ थान कमण्डलुसहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













प्रतिक्रिया