८ कार्तिक २०८३, आइतबार

विप्लव माओवादी पनि दुई फ्याक !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Netra-bikram-chand-biplopकाठमाडौं, ६ वैशाख । बन्दुकको नालबाट मात्रै सत्ता परिवर्तन हुन्छ भन्दै सशस्त्र संघर्षको तयारीमा रहेको भनिएको विप्लव माओवादीमा पछिल्ला केही समययता नेतृत्वबीच नै विवाद बढेको खबर छ ।

विवाद बढेसँगै विप्लव माओवादीकै कतिपय नेताहरुले सशस्त्र संघर्षको योजना मुरलीधरले गाएको उडायो सपना सबै हुरीले भनेजस्तै अवस्थामा पुगेको टिप्पणी गर्न थालेका छन् ।

स्रोतका अनुसार सशस्त्र युद्धका लागि आवश्यक व्यवस्थापन हुन नसकेपछि अहिले विप्वल माओवादीमा अन्यौलता मात्र उत्पन्न भएको छैन ।

तीव्र निराशा र असन्तोष बढेको छ । जुन सपना देखाएर नेता तथा कार्यकर्तालाई विप्लपले लामवद्ध बनाएका थिए त्यो अनुसार नेतृत्व अघि नबढ्दा अन्यालता बढेको हो ।

केही खम्बा नेतामहरुले सशस्त्र संघर्ष कडिन भएको भन्दै यसलाई छाड्दै माओवादी शक्तिहरुसँग एकता गरे जान सुझाव दिइरहेका छन् । धमेन्द्र बास्तोल समूहका तिलक परियार लगायतले यस्तो मत पार्टीमा तीव्र बनाउँदै लगेका हुन् । यी नेताहरु एमाओवादीसँग एकता गर्नुपर्ने पक्षमा छन् । साँघु साप्ताहिकमा खबर छ