१ कार्तिक २०८३, आइतबार

नेपाललाई दोस्रो सफलता, चार रनमै फर्किए नामिबियाका या फ्रान्सा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cricket

काठमाडौं, ६ चैत । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नामिबियाविरुद्ध नेपालले दोस्रो खेल खेलिरहेको छ ।

खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ । नेपालका लागि सन्दिप लामिछानेले नामिबियाको दोस्रो विकेट पनि लिएका हुन् । उनको बलिङमा नामबियाका पिक्कि या फ्रान्स रन आउट भए । सन्दिपले २३ औं ओभरको दोस्रो बलमा नामिबियाका फ्रान्सलाई रन आउट बनाएका हुन् ।

यसअघि सन्दिपले नामिबियाको पहिलो विकेट झारेका थिए । उनले २० औं ओभरको चौथो बलमा नामिबियाका स्टेफेन बार्डलाई आउट गरेका हुन् ।
नामिबियाका बार्डले ६० बल खेलेर ५१ रन बनाएका थिए ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले २३.२ ओभरमा २ विकेट गुमाएर १०५ रनमा खेलिरहेको छ ।

फोटोः इकान्तिपुरबाट ।