८ कार्तिक २०८३, आइतबार

यसरी लुट्दै छन् कर्मचारीले सरकारको पाँच करोड

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, ६ वैशाख । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन चुनावका लागि राज्यकोषबाट ५ करोड रुपैयाँ खर्च हुने भएको छ ।

राज्यबाट तलब लिएर जनताको सेवा गर्न खटिएका कर्मचारीको नेता छान्न राज्यकोषबाटै थप खर्च हुन लागेको नागरिक दैनिकले समाचार छापेको छ ।

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन बनाउने भन्दै सरकारले वैशाख १० गते चुनाव गर्दैछ ।

देशभर हुने चुनाव प्रयोजनका लागि करिब ५ करोड रुपैयाँ खर्च हुने निर्वाचन अधिकृत कार्यालयका प्रवक्ता सन्तोषकुमार गिरीले बताए ।

निर्वाचन कार्यका लागि खटिएका कर्मचारीलाई ५० प्रतिशत भत्ता, निर्वाचन सामग्री खरिद, सञ्चार महसुल, छपाइ, ढवानी, मतदानका दिन र मतगणना कार्यमा खटिने कर्मचारीलाई मत्तालगायत शीर्षकमा उक्त रकम खर्च हुने उनले जानकारी दिए ।

सरकारले ७५ जिल्लामा निर्वाचन अधिकृत नियुक्त गरेको छ । ३१ मन्त्रालय, संवैधानिक अंग लगायत ४२ वटा विभागीयसमेत देशभर १ सय १७ निर्वाचन कार्यालय छन् ।

निर्वाचनका लागि ११४ जना अधिकृत नियुक्त गरिएको छ । देशभर करिव ८० हजार निजामती कर्मचारी छन् ।