काठमाडौं, ६ वैशाख । राम मन्दिरमा दर्शन गर्न आएकी एक श्रद्धालुको मोबाइल छेउमै राखिरहेका बेला क्षणभरमै चोरी भयो । यसरी एकैछिनमा मोबाइल गायब गर्ने मानिस वा चोर नभएर एउटा बाँदर थियो ।
त्यसपछि जति खानेकुरा दिए पनि बाँदरले मोबाइल दिएन बरु चपाउँदै मन्दिर परिसरभित्र र बाहिर उफ्रिरह्यो । अन्त्यमा मोबाइलसहित बाँदरै हरायो ।
बाँदरले मोबाइल खोसेको यो पहिलो घटना होइन । थापाथली र त्रिपुरेश्वर क्षेत्रमा पछिल्लो महिनामा बाँदरको आतंक बढेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
बाँदरहरुले बाटोमा हिड्ने र राम मन्दिरमा दर्शन गर्न आएका श्रद्धालुको झोला, मोबाइल आदि खोस्ने गरेका छन् ।
चैते राम नवमीकै दिन दीपेश मण्डलले रामजानकी मन्दिरमा धार्मिक झन्डा राख्न रुख चढ्न लाग्दा आफूसँग भएको मोबाइल छेउमै राखे ।
मण्डल रुखमा चढ्न नपाउँदै बाँदरले मोबाइल लिएर गयो । मोबाइल लिएपछि बाँदर घरि यो रुख घरि मन्दिरको छानामा त कहिले बाटोमा पुग्थ्यो । ु१ घण्टा पछ्याउँदा खानेकुरा दिएपछि बल्ल छाड्यो तर पुरै स्क्रिन टोकेर फटाइदिएछ’,मण्डलले भने ।
बाँदरले पहिले यस्ता क्रियाकलाप नगरे पनि झन्डै १ महिनादेखि उनीहरु अति सक्रिय भएको मन्दिरमै बस्दै आएका रामबहादुर मगरको मनाई छ ।















प्रतिक्रिया