
काभ्रे, ५ वैशाख । एमाले नेता, युवा संघ नेपालका पूर्व अध्यक्ष एवं पूर्व उद्योगमन्त्री महेश बस्नेत शनिवार एउटा हाइलक्स मोटरमा काभ्रेको ज्याम्दी आइपुगे ।
वरिष्ठ इन्जिनियर कुमार उप्रेती, काभ्रेका एमाले नेता एवं युवा व्यवसायी प्रेम लामा स्थानीय व्यवसायी किरण थापा र मनिकराम थापाका साथ काभ्रेको ज्याम्दीस्थित पहरेभिरमा रहेको गुफामा १ वर्ष अगाडी त्रिनेत्रेश्वर त्रिलिङेश्वर ञ्यंवकेश्वर महादेव एवं ञ्यवकेश्वरी देवी भेटिएको स्थानमा आइपुगे ।

शनिबार भएकै कारण स्थानीय र अन्य स्थानबाट आएका भक्तजनहरु त्यहाँ ठुलै भिड देखिन्थ्यो । पहरे भिरमा रहेको गुफाभित्र नयाँ पत्ता लागेको भगवानको विभिन्न रुपी कलात्मक आकृतिहरुले त्यहाँभित्र छिरेपछि बाहिर आउन नै मन लागि हाल्ने नभएको त्यहाँ छिरेर दर्शन गरि बाहिर आउने भक्तालुहरुले बस्नेतको मनलाई डुलाइ दिएपछि उनि हस्याङफस्याङ गर्दै आफूसंग आएको टिमलाइ लिएर भित्र जान तम्सिएपछि दोलालघाटकी अञ्जिता तामाङले होइन मन्त्री ज्यू पनि कालोकोटमा नै गुफामा छिर्न पो लागेछन् भन्दै हासो निकालिन ।

बस्नेतले आँट गरेर पुजाका सामग्री साथ गुफाभित्र छिर्दै पूजाआजा गरेर भगवानका नाम जप गर्दै बाहिरिए । बस्नेततर्फ इङित गर्दै स्थानीय शम्भु पराजुलीले भने, हामीले सोचे जस्तो महेश बस्नेत होइन रहेछ, हामी सधै छिरेको यो, गुफामा भगवानको दर्शन गर्न धेरै गाह्रो हुन्छ, उहाँ त यति लामो गुफामा पहिलो पटक नै कुनै अलमल विना छिर्नुभयो ।
१ वर्ष अगाडि मात्रै शिव पार्वतीको एकै स्थानमा शिला छ भनेर पत्ता लागे संगै यहाँ भक्तालुहरुको ठूलो भिड हुँदै आएको छ । भौगोलिक विकटताले यहाँको प्रचारप्रसार हुन सकेको छैन् । पं. मुकुन्द शर्माले गुफाको प्रचार प्रसार र व्यवस्थापनका लागि स्थानीयहरुको सक्रियतामा सप्ताह लगाई ४५ लाख भन्दा बढी रकम जम्मा पारिसकेका छन् ।















प्रतिक्रिया