१७ कार्तिक २०८३, मंगलबार

बाजुरामा विद्यार्थी भर्ना अभियान सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bajura-school-bharna-abhyan

– मदन जोशी
बाजुरा ५ वैशाख । विद्यार्थी भर्ना अभियान कार्यक्रम २०७३ आजबाट जिल्ला भरी सुरु भएको छ ।

हामी सबैको ईच्छा, सर्वशुलभ विद्यालय शिक्षा भन्ने मुल नाराका साथ यस वर्ष विद्यार्थी भर्ना अभियान तथा पाठ्य पुस्तक वितरण कार्यक्रम जिल्ला भरी सुरु भएको जिल्ला शिक्षा अधिकारी नगेन्द्र प्रसाद रेग्मीले बताए ।

जिल्ला शिक्षा समिति बाजुराको आयोजना र मालिका उच्च माविको समवन्यमा आज जिल्ला सदमुकाम मार्तडीमा रहेको मालीका अगुवा स्रोत केन्द्रमा औपचारिक रुपमा विद्यार्थी भर्ना तथा निशुल्क पुस्तक वितरण कार्यक्रम आयोजना गरिएको थियो ।

जिल्ला शिक्षा समितिका अध्यक्ष एंव निमित्त स्थानीय विकास अधिकारी जंग बहादुर थापाको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी भोज राज श्रेष्ठ रहेका थिए । कार्यक्रम प्रहरी नायव उपरीक्षक दल वबहादुर वोगटी, पत्रकार महासंघ अध्यक्ष मदनराज जोशी लगायतका व्यक्ति तथा विद्यालयका शिक्षक र विद्यार्थीको उपस्थिीत रहको शिक्षक नन्दलाल जैशीले बताए ।

मालिका उमाविको प्रागङणमा जम्मा भई बाजगाजाका साथ नारा जुलुस गदै वजार परिक्रमा गरि पुन मालिमा उमाविमा आइ औपचारिक रुपमा कार्यक्रम परिणत भएको थियो ।

कार्यक्रमको औतित्यतामाथि प्रकाश पार्दै जिशिअ रेग्मीले जिल्ला भरि २७८ विद्यालयमा भर्ना कार्यक्रम संचालन भईरहको र ४३७२६ विद्यार्थीका लागि २करोड पाठ्यपुस्तका किन्नका लागि रकम निकाशा भईरसेको र गत शैक्षिक शत्रमा विद्यालय बाहिर रहेका ६१२ जना विद्यार्थीलाई यस वर्ष जसरी भए पनी विद्यालयमा ल्याउनका लागि पहल गर्ने बताए ।

यसरी प्रमुख जिल्ला अधिकारी श्रेष्ठले विद्यालयमा विद्याथी भर्ना हुनुुमात्र ठुलो कुरा नभई विद्यार्थीलाई टिकाइ राख्नु ठुलो कुरा हो, शिक्षक वर्गले नतिजालाई प्रतिष्ठा संग तुलना गर्न सके मात्र शैक्षिक क्षेत्रको विकास हुने कुरामा जोड दिए ।

कार्यक्रमा आज मात्रै अन्य विद्यालयबाट मालिका उमाविमा भर्ना हुन आएका विद्यार्थीलाई टिका लगाई चक्लेट र पाठ्यपुस्तक वितरण गरि अतिथिले स्वागत गरेका थिए । यसरी नयाँ भर्ना हुनेमा वनपा १२ मा मनिस थापा कक्षा १ बनपा कै ज्योति विक कक्षा ४ र कोल्टी निवासी छ्यामु वोगटी भोटे कक्षा ८ मा नयाँ भर्ना भएका छन् ।

कार्यक्रममा विद्यालयका प्रार्चाय शुभराज पाध्याले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम संचालन शिक्षक शेर रावलले गरेका थिए कार्यक्रममा २ सय वढीको उपस्थिती रहेको थियो ।