१७ कार्तिक २०८३, मंगलबार

रिसोर्टभित्र नयाँ प्रकारको गलत धन्दा, एघार लाख भारतीय मुद्रा पनि बरामद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Villageकाठमाडौं, ५ वैशाख । काठमाडौंको सुन्दरीजलस्थित ग्रिन भिलेज रिसोर्टमा प्रहरीले छापामारेर दर्जन जुवाडेलाई गिरफ्तार गरेको छ ।

गोकर्णेश्वर नगरपालिका–३ सुन्दरीजलस्थित गणेश श्रेष्ठले सञ्चालन गर्दै आएको ग्रिन भिलेज रिसोर्टमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले छापामारेर शनिबार ११ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले कौडाको खालबाट ११ लाख ३३ हजार ६ सय ५० रुपैयाँ, ७ हजार भारतीय रुपैयाँ पनि बरामद गरेको प्रहरीले जनाएको छ ।

१६ थान कौडासहित रिसोर्ट संचालक श्रेष्ठलाई कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी भनाइ छ । रिसोर्ट र होटलहरुमा तास खेलाउने कार्य हुने गरेको भए पनि कौडा खेलाको घटना बाहिर आएका थिइनन् ।