– अनिल खत्री
गुल्मी, ५ बैशाख । नुहाउने क्रममा बडीघाट खोलामा डुवेर एक किशोरीको ज्यान गएको छ । म्याग्दीको भुरुङ्ग गाविसकी २० बर्षिया गीता केसीको ज्यान गएको हो ।
जोहाङ्ग चोरकाटे साथीको घरमा आएकी उनी आइतवार दिउँसो नुहाउन नजिकैको बडीघाट खोलामा पुगेकी थिइन् ।
दुई जना साथीहरु संग गएकी केसी डुवेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो । उनको शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल तम्घास ल्याइएको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया