१ कार्तिक २०८३, आइतबार

फिदिम नगरपालिकाभित्रै विद्युत सेवा अवरुद्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bulb light nepal– कृष्ण ओझा
पाँचथर, ५ वैशाख । इलाम विद्युत प्राधिकरणले वितरण गरेको फिदिम नगरपालिका ७ र ८ का केही भागमा सातादिनदेखि विद्युत सेवा अबरुद्घ हुँदा सेवाग्राही मारमा परेका छन ।

हावाहुरीले तारमा अबरोध गरी ट्रान्समिटरमा क्षति पुर्याए पछि विद्युत सेवा बन्द भएको हो ।

सेवा बन्द भएपछि पटक पटक निर्माण गर्दा पनि सेवा सुचारु हुन नसक्दा सो वडाका सयौ सेवाग्राही अन्धकारमा बस्नु परेको स्थानिय अशोक तुम्बापोले बताएका छन ।

विद्युत सेवा अवरोधले गर्दा स्थानियहरुले मोबाइल चार्ज,बिद्युतिय मेसिन प्रयोग गर्न नपाएको तथा आफन्तजनसँग सम्पर्क विच्छेद भएको सेवाग्राहीहरुले गुनासो गरेका छन ।

ईलाम विद्युत प्राधिकरणले फिदिम नगरपालिका ६,७ र ८मा २५ केभी प्रसारण लाईन वितरण गरी सो क्षेत्रमा विद्युत सेवा उपलब्ध हुँदै आएको छ ।

विद्युत उपभोक्ता समितिका अध्यक्ष देवि तुम्बापोका अनुसार ट्रन्समिटरको भित्री तार जलेका कारण विद्युत सेवा अबरुद्घ हुन पुगेको बताएका हून । तुम्बापोका अनुसार फिदिम विद्युत प्राधिकारणबाट प्राविधिक झिकाई निर्माण गर्न खोजिए पनि हालसम्म बन्न नसकीरहेको बताउनु भएको छ ।