१७ कार्तिक २०८३, मंगलबार

भक्तपुर र लुम्बिनीमा सवारी दुर्घटना, तीन जनाको ज्यान गयो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

काठमाडौं, ५ वैशाख । छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार भक्तपुरमा एक जना र रुपन्देहीमा दुई जनाको दुर्घटनामा मृत्यु भएको हो ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–१० नलिनचोकमा बा.३ ख ३०८९ नम्बरको टिपरले वा.५३ प १३७४ नम्बरको मोटरसाइकललाई आइतबार ठक्कर दिंदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका–१० बस्ने २४ वर्षीय सागर कार्कीको सिर मेमोरोयल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको छ ।

टिपर र चालक काभ्रेका ४४ वर्षीय बुद्धि कर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी लुम्बिनी सांस्कृतिक नगरपालिका–९ स्थित तीननम्बर गेट अगाडि लु.१ त २९९९ नम्बरको ट्याक्टरले आइतबार ठक्कर दिंदा पैदलयात्री रुपन्देही बेथरी बस्ने २२ वर्षीय रुपेश थारुको घटनास्थलमै र गम्भीर घाइते भएका सोही ठाउँस्थित थाइमोनास्टीमा रुमब्वाईको काम गर्ने तनहुँ रायपुर–६ का २९ वर्षीय दिपक भट्टराईको उपचारको लागि मेडिकल कलेज भैरहवा लैजाने क्रममा बाटोमा मृत्यु भएको छ ।

ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।