२५ कार्तिक २०८३, बुधबार

लोकेन्द्रबहादुरका छोरा जयन्त चन्द मन्त्रीमा नियुक्त

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jayant Chandकाठमाडौं, ५ वैशाख । प्रधानमन्त्री केपी ओलीले राप्रपाका एक सांसदलाई मन्त्री नियुक्त गर्नुभएको छ । ओलीले राप्रपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा जयन्त चन्दलाई आज वाणिज्य मन्त्रीमा नियुक्त गर्नुभएको हो ।

मन्त्री नियुक्त भएलगत्तै चन्दले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिनु भएको छ । यो मन्त्रालय राप्रपाको भागमा परेको थियो ।

संसदीय दलका नेता समेत रहेका श्रम तथा रोजगार मन्त्री दीपक बोहराले नै यो मन्त्रालय पनि सम्हाल्दै आउनु भएको थियो ।