१७ कार्तिक २०८३, मंगलबार

नेवि संघको झन्डा सगरमाथा चुचुरोमा फहराइने !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nebi Sanghकाठमाडौं, ५ वैशाख । नेपाल विद्यार्थी संगठनको झन्डा सगरमाथाको चुचुरोमा फहराइने भएको छ ।

नेवि संघको ४६ औं जन्मजयन्तीको अवसरमा संगठनको झन्डा, नेपालको राष्ट्रिय झन्डा र नेपालको नयाँ संविधान सर्वोच्च शिखर सगरमाथामा पु¥याइने भएको हो । झापा धुलावारी क्याम्पसका विद्यार्थी अनिष लुईटेलले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी झन्डा र संविधान सगरमाथा शिखरमा आफूले लैजान लागेको जानकारी दिए । उनी मंगलबारदेखि सगरमाथा आरोहणमा लाग्ने छन् ।

पत्रकार सम्मेलनमा नेवि संघका अध्यक्ष रञ्जित कर्णले ती सामाग्री आरोही लुईंटेललाई हस्तान्तरण गरे । उनले नेपालको संविधान संसारकै उत्कृष्ट भएकाले विश्वकै सर्वोच्च शिखरमा पु¥याएर सकारात्मक सन्देश दिन लागिएको भन्दै आरोही लुईंटेललाई आरोहणको सफलताको शुभकामना व्यक्त गरे ।

लुईंटेलले अघिल्लो वर्ष भूकम्पका कारण आरोहण गर्न नसकेको भन्दै यस पटक सफल आरेहण गरेर संसारकै उत्कृष्ट संविधानलाई सर्वोच्च स्थानमा पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।