३० आश्विन २०८३, शुक्रबार

तातोपानी नाका खोल्न चीन सरकार सहमत, एक वर्षपछि सञ्चालन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tatopani Naka

सिन्धुपाल्चोक, ५ वैशाख । भूकम्पका कारण एक वर्षदेखि बन्द रहेको तातोपानी नाका अस्थायीरुपमा सञ्चालनमा आएको छ ।

करिब दुई सय कन्टेनरमा राखिएका चिनियाँ तयारी पोशाक, जुत्तालगायत सामान अस्थायीरुपमा व्यवस्थापन गर्न चीन सरकार सहमत भएपछि नाका सञ्चालनमा आएको तातोपानी भन्सार प्रमुख दिव्यराज पोखरेलले बताए ।

गोदाममा थन्किएका करिब पाँच सय ट्रक सामानमध्ये कतिपय अन्यत्र नाकाबाट नेपाल भित्रिसकेका छन् । ‘करिब दुई हप्ताभित्र सबै सामान आइसक्छ” उहाँले भन्नुभयो । उक्त सामान नेपाल भित्रिएपछि  दुई करोडदेखि  तीन करोडसम्म राजस्व सङ्कलन हुने भन्सार प्रमुख पोखरेलले जानकारी दिए । रासस