१७ कार्तिक २०८३, मंगलबार

कौडा खेल्नेहरु गोकर्णेश्वरको रिसोर्टबाट पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pakrau

काठमाडौं, ५ बैशाख । राजधानीमा कौडा खेल्ने ११ जनालाई प्रहरीले नियन्त्रण लिएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार गोकर्णेश्वर नगरपालिका–३ सुन्दरीजलस्थित गणेश श्रेष्ठको ग्रिन भिलेज रिसोर्टमा कौडा खेलिरहेको अवस्थामा नगद ११ लाख ३३ हजार ६ सय ५० रुपैयाँ, ७ हजार भारतीय रुपैयाँ र १६ थान कौडासहित रिसोर्ट संचालक श्रेष्ठसमेत ११ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।