१ कार्तिक २०८३, आइतबार

आईएमई क्योदाई ‘घर जाने हर्ष’ योजनाका दोस्रो विजेता घोषित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

IME-kyodaiकाठमाडौं, ५ वैशाख । आईएमई लिमिटेडले क्योदाई रेमिटेन्स, जापानसँगको सहकार्यमा ल्याएको ‘घर जाने हर्ष’ योजना अन्तर्गत दोस्रो हप्ताको विजेता घोषणा गरेको छ ।

क्योदाई जापान र आईएमई लिमिटेड नेपालका कर्मचारीवीचको भिडियो कल कन्फरेन्स आयोजना गरि १५ अप्रिलमा सफ्टवेर पद्वतिमा आधारित रहेर उक्त नतिजा सार्वजनिक गरिएको थियो । नतिजा अनुसार जापान स्थित क्योदाईको होकाईदो शाखाबाट ट्रान्जेक्शन नम्बर ९०८०९७५६१९४ मा नेपाली रुपैयाँ १ लाख ३३ हजार पठाएका सुरज ढकालले जापान–नेपालका लागि एक राउण्ड ट्रीप हवाई टिकट प्राप्त गरेका छन् ।

आईएमई लिमिटेडले क्योदाई रेमिटेन्स, जापानसँगको सहकार्यमा नेपाली नव वर्ष २०७३ को उपलक्ष्यमा आफ्ना सेवाग्राहीहरुका लागि अप्रिल १ देखी लागु हुने गरी ३ महिने योजना ल्याएको हो । यो योजना अन्तर्गत जापानबाट नेपाल आईएमई गर्नुहुने सबै सेवाग्राहीहरुले साप्ताहिक लक्की ‘ड्र’मा सहभागी भई हरेक हप्ता जापान-पालका लागि राउण्ड ट्रिप टिकेट जित्न सक्ननेछन् ।

पहिलो साताको विजेतामा क्योटो जापानमा रहेका विजय श्रेष्ठ सफ्टवेरद्वारा सन्चालित गोलाप्रथाबाट छनोट भएका थिए ।