८ कार्तिक २०८३, आइतबार

देउवाले तत्काल पदाधिकारी र सदस्य नियुक्त नगर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sherbahadur-Deubaकाठमाडौं, ५ वैशाख । कांग्रेस सभापति शेरवहादुर देउवाले उपसभापतिसहित तीन पदाधिकारी र चौध केन्द्रीय सदस्यको मनोनयन तत्काल नगर्ने भएका छन् ।

भारतबाट फर्केपछि मात्रै मनोनयनबारे छलफल हुने देउवा निकट एक केन्द्रीय सदस्यले बताएको कान्तिपुर दैनिकले समाचार छापेको छ ।

देउवा वैशाख ६ गते श्रीमती एवं सांसद आरजु राणाको उपचारका क्रममा भारत जाँदैछन् ।

भारतमा रहँदा उनले भारतीइ नेताहरुसँग् राजनीतिक भेटघाटसमेत गर्नेछन् ।

केन्द्रीय सदस्यहरु खुमबहादुर खड्का र विमलेन्द्र निधिमध्ये कसलाई उपसभापति बनाउने भन्ने निर्णय लिन कठिनाइ परेकै कारण देउवाले तत्काल पदाधिकारी मनोनयन नगर्ने भएका हुन् ।

देउवा स्वयं र उनी समूहका अधिकांश नेताहरु निधिलाई उपसभापतिमा मनोनयन गर्नुपर्नेअडानमा छन् ।

भ्रष्टाचार प्रमाणित भई जेल जरिवानासमेत भोगिसकेका नेता खड्कालाई उपसभापति बनाउँदा नकारात्मक सन्देश जाने भन्दै निधिलाई बनाउनु पर्ने दबाद देउवा निकटहरुकै छ ।

तर देउवालाई सभापतिमा जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै खड्का उपसभापति पाउनु पर्ने लबिङमा छन् ।

विधानअनुसार एक उपसभापति, महामन्त्री र सहमहामन्त्रीको मनोनयन प्रस्ताव गर्न देउवाले पाउँछन् ।