काठमाडौं, ४ वैशाख । काठमाडौं महानगरपालिका–२९ ठमेलस्थित तासिदेले होटलको कोठा नम्बर ४०१ मा स्विट्जरल्याण्डकी नागरिक जेन्लस व्राउण्डको कोठाबाट चोरी भएको छ ।
शनिबार ढोका खुल्ला गरी सुतिरहेको अवस्थामा अपरिचित व्यक्तिले उनको ल्याप्टप, स्विस फ्रयाङ्क ३००, नेपाली रुपैयाँ ४१ हजार ५०० र अमेरिकी डलर ८० गरी करिब रु एक लाख ४१ हजार ५०० बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । रासस













प्रतिक्रिया