३१ आश्विन २०८३, शनिबार

हवाई आक्रमणमा १३ तालिवान मारिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Taliban-fighters-in-Afghaअफगानिस्तान, ४ वैशाख । अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा सुरक्षाकर्मीको कारबाहीका क्रममा १३ जना तालिवान लडाकूको मृत्यु भएको छ ।

आर्ची जिल्लाको दसत ई इलाकामा लुकेर बसेका तालिवान लडाकूलाई लक्षित गरी शनिबार बिहानी गरिएको हवाई आक्रमणमा एक दर्जनभन्दा बढी सशस्त्र आतंककारी मारिएका छन् ।

दसत ई इलाकामा स्थानीय समयाअनुसार विहान ६ बजेबाट तालिवान लुकेर बसेको स्थानलाई लक्ष्य गरी सो आक्रमण गरिएको बताइएको छ ।

एक हप्ता अघिबाट नै प्रहरी कारबाही जारी रहेको यस दसत इ आर्ची जिल्लामा शनिबार भने हवाई आक्रमण गरिएको जनाइएको छ । रासस/एपी