१७ कार्तिक २०८३, मंगलबार

चितवनमा जन्ती बस दुर्घटना, १५ घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chitwanचितवन, ४ वैशाख । बालाजुबाट जन्ती बोकेर गोरखा जाँदै गरेको बस पृथ्वी राजमार्गअन्तर्गत दारेचोक गाविस–४, फिस्लिङमा शनिबार बिहान दुर्घटना हुँदा बसमा सवार १५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बा ३ ख ५३३० नम्बरको बस राजमार्गमा बिहान १०ः४५ बजे पल्टिएको हो । इलाका प्रहरी कार्यालय मुग्लिनका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक रामभक्त भट्टराईका अनुसार घाइतेमध्ये दुई जनालाई भरतपुरको चितवन मेडिकल कलेज र अन्यलाई काठमाडौं पठाइएको छ । तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

राजमार्गमा पल्टिएको बस जुन दिसाबाट आएको हो दुर्घटनापछि सोही दिसातर्फ फर्किएर पल्टिएको छ । तीव्रगतिमा आएकाले यसरी बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको अनुमान छ । दुलाहा अर्काे गाडीमा भएकाले सकुशल रहेको प्रहरीले जनाएको छ । रासस