१७ कार्तिक २०८३, मंगलबार

बुवाको जन्मदिनमा आधा करोडको जमिन उपहार

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

upahar janmadin btm (1)

– राजकुमार ओली
झापा, ४ बैशाख । बुवाको १ सय ६ औं जन्मदिनको अवसर पारेर विर्तामोडका नरेन्द्र बस्नेतले झण्डै आधा करोडको जमिन स्वास्थ्य चौकीलाई उपहार दिनुभएको छ ।

झापाको विर्तामोड १ का बस्नेत परिवारले आफ्नो वुबा लक्ष्मण बहादुर बस्नेतको १ सय ६ औं जन्मजयन्तीको अवसर पारेर शनिअर्जून नगरपालिका ३ मा रहेको उपस्वाथ्य चौकीलाई ४० लाख रुपैया भन्दा धेरै मुल्यको ७ कठठा जमिन उपहार दिनु भएको हो ।

छोरा बुहारी नाति पनाती जनातीसहित गरि १ सय १४ भन्दा धेरै परिवारको अभिवावक भैइसक्नु भएका लक्ष्मण बस्नेतको दिर्घायु स्वास्थ्य तथा आत्मशान्तिको लागि समेत यो उपहार हस्तान्तरण गरिएको छोरा नरेन्द्र बस्नेतले जानकारी दिनु भएको छ ।

विगतमा समेत लामो समय देखि समाजसेवामा सक्रिय वुवाको जन्मजयन्तीमा केही योगदान गरौ भन्ने योजनाको साथ सहयोग गरिएको र भोलिको दिनमा समेत गरिवी तथा उपेक्षामा रहेका क्षेत्रमा लगानी गर्दै लैजाने बुवाको सपना साकार पार्न पनि यो उपहार प्रदान गरिएको उहाँले बताउनुभयो ।

१ सय ६ वर्षीय लक्ष्मण बस्नेतले इलाम तथा झापाको दुइ दर्जन स्थानमा मन्दिर तथा पार्टी पौवा निर्माण गरिदिएको साथै विर्तामोड १ मा शिव मन्दिर, शिव मन्दिर, दुर्गा मन्दिर, जमिन उपहार दिनुको साथै करोडौ मुल्यको जमिन समेत निःशुल्क प्रदान गर्नु भएको परिवारले जानकारी दिएको छ ।

गणेश दिलीप नरेन्द्र कृष्ण टँक कुमार योगेन्द्रसहितका ७ छोरा ७ छारीका पिता लक्ष्मण बस्नेतको नाममा परिवारले समाजसेवालाई निरन्तरता दिने बताएको छ । फजुल खर्च गर्दै विकृति फैलाउने भन्दा पनि समाज परिवर्तन को लागि गरिने योगदानलाई वुवाले मन पराउने हुँदा आफुहरुले भोलिको दिनसमेत यस्ता कामलाइ निरन्तरता दिने बस्नेत परिवारको भनाइलाइ सवैले आन्तसाथ गर्ने हो कि ।