१७ कार्तिक २०८३, मंगलबार

नेपालकै नमूना बन्दै भैरहवाको आँखा अस्पताल

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Eye-Hospital

– प्रकाश न्यौपाने
भैरहवा, ४ बैशाख । भैरहवास्थित लुम्बिनी रण अम्बिका शाह आँखा अस्पताल आँखा उपचारका लागि विशेषज्ञ केन्द्रको रूपमा बिकसित भएको छ ।

नेपालकै नमूनाको रूपमा परिचित यो अस्पतालमा आँखा सम्बन्धी सम्पूर्ण रोगको उपचार हुने भएका कारण विशेषज्ञ केन्द्रको रूपमा विकसित भएको हो ।

यो अस्पतालबाट वर्षेनी स्वदेश तथा विदेशका हजारौै बिरामीहरू लाभान्वित भएका छन् । अत्याधुनिक उपचार पद्दतिबाट आँखाको विशिष्ट सेवा प्रदान गर्दै आइरहेको यस अस्पतालले आफ्नो सेवा विस्तारलाई नेपालको मेचीदेखि महाकालीसम्म पु¥याएको छ । सेवा विस्तारकै क्रममा भारत, कम्बोडिया, तिब्बत जस्ता देशहरूमा पनि सेवा विस्तार गरिसकेको छ ।

अस्पतालले वि.सं. २०६१ सालदेखि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान काठमाडौंबाट सम्बन्धन प्राप्त गरी लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान मार्फत् नेत्र विशेषज्ञ पनि उत्पादन गर्दै आइरहेको छ । अस्पतालले सिटीभिटीबाट सम्बन्धन प्राप्त गरी नेत्र सहायक प्राज्ञिक शिक्षा समेतको अध्यापन गराउँदै आएको अस्पतालका व्यवस्थापक आमोद सिंहले बताए ।

अस्पतालले आँखा उपचारको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएवापत एन्टेनिओ च्याम्पलिमौंड अवार्ड–२०१३, पर्चुगलद्वारा प्राप्त गर्न सफल भएको छ । दुर्गम क्षेत्रमा सर्वसुलभ आँखा उपचार सेवा प्रदान गर्नका लागि रण अम्बिका शाह अस्पतालले आफ्नो मातहतमा पाल्पा, बुटवल, र परासी गरी तीनवटा जिल्लामा आँखा अस्पताल स्थापना गरी सकेको छ । ‘अध्याँरोबाट उज्यालो तर्फ’ भन्ने मूल नाराका साथ वि.सं. २०४० सालमा स्थापित नेत्र ज्योति संघ/श्री रण अम्बिका शाह आँखा अस्पतालले विगत ३२ वर्ष देखि आँखाका रोगी विरामीहरूलाई सेवा प्रदान गर्दै आइरहेकोे छ ।

यो अस्पतालबाट आर्थिक वर्ष ०७१÷०७२ मा एक लाख ९४ हजार ३ सय ३७ जना विरामीलाई बाहिर सेवा लिएका छन् । जसमा २८ हजार सात सय तीन जनाको शल्यक्रिया गरिएको छ । त्यस्तै आर्थिक वर्ष ०७२/०७३ को ६ महिनामा ७६ हजार ४ सय २३ जनालाई बहिरड्ड सेवा तथा ११ हजार ४१ जनाको शल्यक्रिया गरिएको अस्पतालका व्यवस्थापक आमोद कुमार सिंहले जानकारी दिए ।

अस्पतालले आफ्ना देशभरिका आँखा अस्पताल र आँखा उपचार केन्द्र सहित गरी आर्थिक वर्ष ०७१/०७२ मा ३ लाख ५६ हजार ५ सय ७२ जना विरामीको उपचार गरेको जनाएको छ । गुल्मी, अर्घाखाँची, प्युठान, तौलिहवा गरी चार स्थानमा प्राथमिक आँखा उपचार केन्द्रहरू समेत संचालनमा ल्याएको छ । यस रण अम्बिका आँखा अस्पतालका मातहतमा पाल्पा लायन्स आँखा अस्पताल तानसेन पाल्पा, प्राथमिक आँखा उपचार केन्द्र, रामपुर पाल्पा, डा.विनोद निता कंडेल आँखा अस्पताल, परासी, बुटवल लायन्स आँखा अस्पताल बुटवल, आँखा उपचार केन्द्र, गुल्मी, प्राथमिक आँखा उपचार केन्द्र, गुल्मी, आँखा उपचार केन्द्र, अर्घाखाँची, आँखा उपचार केन्द्र तौलिहवा र नरेन्द्र गायत्री प्रस्तावित आँखा अस्पताल प्यूठान गरी ९ वटा अस्पताल तथा आँखा उपचार केन्द्रहरू रहेको नेपाल नेत्र ज्योति सघं रूपन्देही शाखाका अध्यक्ष सागरप्रताप राणले जानकारी दिए ।

स्थापना देखि हालसम्म ५२ लाख ३९ हजार २ सय ५२ जनालाई बहिरड्ड सेवा प्रदान गरेको उक्त अस्पतालले ६ लाख ५ सय ६४ जनाको शल्यक्रिया गरेको छ । गरिब, असहाय तथा विपन्न समुदायका मानिसहरूलाई निःशुल्क सेवा प्रदान गर्दै आएको अस्पतालले हालसम्म २५ हजार ९ सय ६७ जनाको निःशुल्क उपचार प्रदान गरेको व्यवस्थापक सिंहले जनाए । त्यस्तै आफ्ना सम्पूर्ण शाखाहरू मार्फत् प्रत्येक वर्ष मोतिबिन्दुको समेत निःशुल्क उपचार गर्दै आएको उनले बताए ।

अस्पतालका अनुसार– पर्दा, न्यून दृष्टि, अक्यूलोप्लास्टिक, नानी, जलविन्दु, बाल उपचार, कम्युनिटी, जनरल अप्थाल्मोलोजी, अप्थाल्मोलोजी र आई बैंक लगायतका विशेष सेवाहरू उपलब्ध गराउँदै आएको उक्त अस्पतालले पेडियाट्रिक अप्थाल्मोलोजी, रेटिना क्लिनिक, कोर्निया क्लिनिक, ग्लुकोमा क्लिनिक, ल्याबोरेट्री सर्भिस, लो भिजन, कन्ट्याक लेन्स क्लिनिक लगायतका सेवाहरू प्रदान गर्दै आएको अस्पतालका निर्देसक डा.सल्मा केसी राईले बताईन ।

आ.व. ०७१/०७२ देखि हालसम्म १९ ओटा डिएसटी क्याम्प मार्फत् ४ हजार ८ सय ६१ जना आँखा बिरामीको आँखा जाँच गरिसकेको छ भने ९ सय ५० जना मोतिविन्दुका विरामीहरूको निःशुल्क सल्यक्रिया गरेको छ । ७ ओटा सर्जिकल आई क्याम्प मार्फत् २१ सय ३३ जनाको आँखा जाँच तथा ४ सय ३ जनाको निःशुल्क मोतिविन्दुको सल्यक्रिया गरेको छ । त्यस्तै ९० ओटा स्कूल स्क्रिनिड्ड क्याम्प मार्फत् सरकारी तथा गैरसरकारी विद्यालयहरूका २५ हजार १ सय ६५ जना विद्यार्थीको आँखा परीक्षण गरिनुका साथै एउटा लो भिजन क्याम्पमार्फत् १८ जना विद्यार्थीहरूको आँखा परीक्षण गरिएको सिंहले जनाए ।

आँखा उपचारमा उल्लेखनीय भूमिका खेल्दै आएको सो अस्पतालले आ.व. ०७१/०७२ देखि हालसम्म १ सय ३७ जना स्कूलका शिक्षकहरू, ३ सय ८ जना महिला स्वास्थ्य स्वयं सेविकाहरू, ३८ जना औषधि विक्रेताहरू र ३६ जना आमाहरूलाई समेत आँखा शिक्षा सम्बन्धी तालिम प्रदान गरिसकेको छ ।

हाल दैनिक ८ सय बहिरड्ड सेवा तथा १ सय ५० आँखा रोगसँग सम्बन्धित शल्यक्रिया गर्दै आइरहेको सो अस्पतालमा २६ जना नेत्र विशेषज्ञ, १ सय ८९ जना दक्ष जनशक्तिहरू कार्यरत छन् ।