काठमाडौं, ४ वैशाख । प्रधानसेनापति राजेन्द्र क्षेत्रीले पश्चिम पृतना अन्तर्गतका युनिटहरुको अवलोकन गरेका छन् ।
नियमित निरीक्षण भ्रमणको क्रममा पश्चिम पृतना अन्तर्गत खैरेनीटार र पोखरा तथा मध्य पृतना अन्तर्गत चितवनको निरीक्षण भ्रमण सम्पन्न गरेर क्षेत्री आज काठमाडौं फर्किएका छन् ।
प्रधान सेनापति महारथी क्षेत्री भ्रमणको सिलसिलामा बैशाख ०२ गते उक्त स्थानहरुमा गएका थिए ।













प्रतिक्रिया