काठमाडौं, ४ वैशाख । नेपालभर रहेका बिभिन्न आमसंचार माध्यममा कार्यरत फोटोपत्रकारहरूको छाता संगठन फोटोजर्नालिस्ट क्लब नेपालको नयाँ कार्यसमिति चयन भएको छ । फोटोपत्रकार क्लब नेपालको सातौं वार्षिक साधारण सभाले सर्बसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
२ वर्ष कार्यकाल रहने यस फोटोजर्नालिस्ट क्लबमा अन्नपूर्ण दैनिकमा डेपुटी फोटो सम्पादक विकाश कार्कीको अध्यक्षतामा निर्बाचित नयाँ कार्यसमितिको उपाध्यक्षमा कारोबार दैनिकका फोटोपत्रकार दीपक भट्टराई गाउँले, महासचिबमा अनलाइनखबरका फोटो सम्पादक श्रीधर पौडेल, सचिबमा नागरिक दैनिकका केशब राज थोकर, कोषाध्यक्षमा राजधानी दैनिकका द्वारिका प्रसाद काफ्ले निर्बाचित भएका छन् ।
यसैगरि कार्यसमिति सदस्यमा कान्तिपुर पब्लिकेशनमा कार्यरत श्रुती श्रेष्ठ, नागरिक दैनिकका दीपेश श्रेष्ठ, अन्नपूर्ण दैनिककी उमा बिष्ट, नयाँपत्रिका दैनिकका ज्ञानेन्द्र कार्की, रातोपाटी अनलाइनका अशोक दुलाल र लोकान्तर अनलाइनका अशोक महर्जन निर्बाचित भएका छन् ।
फोटोजर्नालिस्ट क्लब नेपाल पत्रकार महासंघसंग आबद्ध एशोसियट सदस्य हो । क्लबले नेपालमै सबैभन्दा ठूलो पुरस्कार राशी रहेको फोटो प्रतियोगिता तथा प्रदर्शनी गर्दै आएको छ भने यसलाई काठमाडौं लगायत नेपालका बिभिन्न शहरहरुमा पनि प्रदर्शनी गर्दै आएको छ ।












प्रतिक्रिया