३१ आश्विन २०८३, शनिबार

जापानमा अर्को शक्तिशाली भूकम्प, ६ जनाको ज्यान गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Japan-earthquick-1

काठमाडौं, ४ चैत् । जापानको दक्षिणी शहर कुमामोतोमा शुक्रबार मध्यरातमा अर्को शक्तिशाली भूकम्प गएको छ ।

बीबीसीका अनुसार यो भूकम्पबाट जापानमा ठूलो क्षति भएको छ । समाचार अनुसार कम्तीमा ६ जनाको ज्यान गएको छ भने ७ सय जनाभन्दा अस्पताल भर्ना गरिएका छन् ।

शनिबार राति १ बजेर २५ मिनेट जाँदा क्युशु क्षेत्रमा १० किलोमिटरको गहिराइमा ७ दशमलब ३ म्याग्निच्युडको भूकम्प मापन गरिएको अधिकारीहरुले बताएका छन् ।

Japan-earthquick

केन्द्रविन्दुदेखि नजिकको शहर कुमामोतोमा कैयौं भवनहरु भत्किएका छन्, जहाँ संरचनागत क्षतिका कारण एउटा अस्पताल खाली गराइएको छ ।

जापानी मन्त्रिपरिषद्का मुख्य सचिव योशिहिडे सुगले भत्किएका भवनभित्र करिब ७० जना पुरिएको हुन सक्ने आशंका गरिएको बताएका छन् ।

एउटा बाँध भत्किएपछि एउटा गाउँ पनि खाली गराइएको छ । त्यसपछि सुनामी आउने चेतावनी जारी गरिएको थियो र ५० मिनेटपछि चेतावनी फिर्ता लिइएको थियो ।

बिहानी हुना साथ सुरक्षाकर्मीहरुले खोजी कार्य सुरु गरेका छन् । यसअघि बिहीबार गएको भूकम्पमा कम्तीमा ९ जनाको ज्यान गएको थियो ।