८ कार्तिक २०८३, आइतबार

अपराधिलाई कसले दियो दुई थान बन्दुक राख्ने अधिकार ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gun Goliकाठमाडौं, ४ वैशाख । फौजदारी अभियोग लागेको र समाजमा असुरक्षा देखिने व्यक्तिलाई नै जिल्ला प्रशासन कार्यालय काठमाडौंको सिफारिसमा गृह मन्त्रालयले दुई थानभन्दा बढी हतियार र सयौं थान गोली राख्न अनुमति दिएको फेला परेको छ ।

प्रहरी र अनुसन्धान गर्ने निकायमा संगठित अपराधीकको सूचीमा रहेका व्यक्तिलाई गृह मन्त्रालयले बढी मार क्षमताका दुई थान हतियार राख्ने अनुमति दिएको खुलेको नागरिक दैनिकले समाचार छापेको छ ।

अपहरण र फिरौती आरोपमा पक्राउ परी कारागारमा ६ महिना बिताएका बाबु भनिने विश्वक्रान्ति सिंहलाई जेलमुक्त भएको केही महिनामै गृहमन्त्रालयले दुई थान आधुनिक हतियार र तीन सय गोली राख्न अनुमति दिएको खुलेको हो ।

यस्तै बारम्बार विभिन्न घटनाको अनुसन्धान र आरोपमा प्रहरीले पक्राय गर्दै आएका सिंहको इजाजत पत्र प्रशासन कार्यालयले बिनाकुनै रोकटोक २०७३ असार मसान्तसम्मका लागि नवीकरणसमेत गरेको फेला परेको छ ।

पछिल्लो समय पक्राउ परेका सिंहको साथबाट जम्मा १ सय ५८ थान गोली बरामद भएको छ ।