८ कार्तिक २०८३, आइतबार

बाबुराम भट्टराईका गतिविधि निगरानी गर्न गृहमन्त्रीको यसरी आयो ठाडो आदेश

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shakti Basnetकाठमाडौं, ४ वैशाख । उपत्यका विशेष सुरक्षा बैठकमा मधेसी मोर्चाले गर्न लागेको आन्दोलन, नयाँ शक्ति र सीके राउतको गतिविधिमा विशेष निगरानी राख्ने विषयमा छलफल भएको छ ।

बैठकमा सहभागी गृहमन्त्री शक्तिबहादुर बस्नेतले अहिलेका प्रमुख चुनौती संविधान जसरी पनि कार्यान्वयन गर्नुपर्ने रहेको बताएका थिए ।

बैठकमा सुरक्षा अधिकारीहरुले पूर्वप्रधानमन्त्री एवं नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई पनि संविधान कार्यान्वय गर्न नदिने शक्तिसँग लागेकोले उक्त पार्टीको गतिविधिमा निगरानी राखिनुपर्ने बताएको अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

मन्त्री बस्नेतले संविधान कार्यान्वयनमा बाधा पुगाउने जुनसुकै शक्ति र पार्टीलाई रोक्ने रणनीति अवलम्बन गरेर कार्यान्वयन बनाई लागू गर्न निर्देशन दिएको स्रोतले बतायो ।

स्रोतका अनुसार गृहमन्त्री बस्नेले भनेका थिए, ‘जुनसुकै शक्ति भएपनि संविधान कार्यान्वयन गर्न नदिन र राज्यशक्तिमा आफ्नो भूमिका खोजेका हुन् । उनीहरुको गतिविधिलाई रोक्नु पर्छ ।’