१७ कार्तिक २०८३, मंगलबार

भूकम्पबाट जोगिने उपाय सिक्दै भूकम्प पीडित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dhading bhukampa
घाइतेलाई उद्धार गर्न वनाइदै गरिएको स्टेचरको नमूना ।

जोगीमारा (धादिङ), ३ वैशाख । महाभूकम्पको प्रलय नजिकबाट भोगेका धादिङवासीहरुले भविश्वमा त्यसवाट जोगिने उपाय सिक्न थालेका छन ।

भूकम्प आउदा कसरी वच्ने भन्ने उपाय पहिले थाहा थिएन त्यसैले क्षति वढी भयो जोगीमारा गाविस–१ तल्लोगाउँका शिवराज तिवारीले भने त्यसैले भविश्यमा आइपर्ने संकटबाट वच्नका लागि उपाय सिक्न थालेका छौ ।

सशस्त्र प्रहरीवलको विपत व्यवस्थापन तालिम केन्द्र अन्र्तगतको चितवनको कुरिनटार यूनिटले धादिङका सलाङ, नलाङ, खरी,जोगीमारा र कुम्पुर गाविसमा भुकम्प लगायतका विपतबाट वच्ने उपाय सिकाउन थालेको हो ।

जुनसुकै वेला पनि आउन सक्ने भुकम्प लगायतका विपतबाट आफू र समाजलाई वचाउन आवश्यक पर्ने उपाय पहिले नै सिक्नु पर्ने रहेछ जोगीमाराकै रमिला डल्लाकोटीले भनिन अहिले आएर भएपनि धेरै सिक्ने मौका पाइएको छ ।

साना साना कुरामा ध्यान दिन सके मात्र पनि सुरक्षित हुन सकिने रहेछ भुकम्प लगायतका प्रकोपबाट वच्ने उपाय ध्यानपूर्वक सुनेको वताउने कृष्णप्रसाद डल्लाकोटीले भने विपतमा एक अर्काको सहयोगको ठूलो महत्व हुने रहेछ ।

Dhading-bhukampa
घाइतेलाई मलमपट्टी लगाउने तरिका सिकाउदै सशस्त्र प्रहरी वलको टीम

सशस्त्र प्रहरीको टीमले भुकम्पाट नेपाल र नेपाल वाहिर भएका क्षतिको वृत्तचित्र देखाएर समेत चेतना दिने गरेको छ । भने जुनसुकै दुर्घटनाबाट हुने क्षतिलाई कम गर्न स्टेचर महत्पूर्ण हुने भन्दै कामचलाउ स्टेचर वनाउन पनि सिकाइने गरेको सलाङ गाविस–३ इटपानी ३५ देववहादुर थापाले वताए ।

स्टेचर वनाउदा घाइतेलाई काम लाग्ने प्रारम्भिक मलमपट्टी वारे पनि जानकारी दिइएको खरी –१ सिम्ले ४५ कृष्णप्रसाद काप्रीले वताए ।

सशस्त्र प्रहरीवलको विपत व्यवस्थापन तालिम केन्द्रका प्रहरी निरिक्षक मोहनजंग कार्की आफूहरुले गैरसरकारी संस्था फाया नेपालसंग मिलेर विपतबाट जोगिने उपाय सिकाइरहेको वताए । अरु सरकारी गैरसरकारी निकायले सहयोग गरे यस्ता उपाय सिकाउने तालिम थप गाउँमा लैजान मिल्ने वताए ।

उद्धार र खोजतलास गर्ने स्थायी टीम गाविस तहमा निर्माण गर्नु आवश्यक रहेको छ उनले भने जुनसुकै विपतमा यस्तो टीम हुँदा सहयोग पुग्छ ।