१ कार्तिक २०८३, आइतबार

विश्वविख्यात कम्पनी सोनी र टोयोटाको उत्पादन बन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टोकियो, ३ वैशाख । जापानको दक्षिणपश्चिमी द्वीप क्युसुमा बिहीबार राति ६.४ रिक्टर स्केलको भूकम्प गएपछि परेको असरका कारण जापानका दुई ठूला कम्पनी सोनी र टोयोटाको उत्पादन शुक्रबार बन्द गरिएको समाचार छ ।

स्थानीय समयानुसार बिहीबार राती ९ः२६ बजे सो भूकम्प गएको बताइएको छ । सो भूकम्पका कारण यी दई कम्पनीलाई पनि प्रभाव परेको समाचारमा उल्लेख गरिएको छ ।

राजधानी टोकियोबाट शुक्रबार प्राप्त समाचारमा उक्त द्वीपका ती कम्पनीको उत्पादन शुक्रबारका लागि बन्द गरिएको छ । भूकम्पबाट सो द्वीप आसपासको क्षेत्रमा बिजुली आपूर्ति बन्द भएको छ ।

सो क्षेत्रमा भूकम्पका कारण कैयौं कम्पनीमा क्षति पुगेको छ । कैयौं पूर्वाधार भत्किएका छन् भने अरु केही स्टील तथा अन्य धातुका कम्पनीहरुमा पनि क्षति पुगेको छ ।

भूकम्प ६.५ को मात्र रहेको भएपनि यस पटक भने घरहरु भत्किनुका साथै कैयौं भौतिक क्षति पुगेको छ । जसका कारण यी दुई कम्पनीका साथै अरु उत्पादन क्षेत्र पनि शुक्रबारका लागि अस्थायी रुपमा बन्द गरिएको बताइएको छ ।

त्यसैगरी शुक्रबार प्राप्त समाचारमा ती क्षेत्रमा रहेका मित्सुबिसी, होन्डा र अरु बहुराष्ट्रय कम्पनीमा उत्पादनहरु पनि बन्द गरिएका बताइएको छ ।

यस भूकम्पपछि सुनामी चेतावनी भने नदिइएको जापानको मौसम विज्ञान निकायले जानकारी दिएको छ । त्यसपछिका पराकम्पहरुका आइरहेको भएपनि परिस्थिति शुक्रबार सामान्य रहेको छ ।

बिहीबार साँझको सो ६.५ रिक्टर स्केलको भूकम्पको करिब आधा घन्टापछि ५.७ रिक्टर स्केलको पराकम्पन आएको थियो । यस भूकम्पको केन्द्रबिन्दु आसपासको नै इलाकामा रहेको र १० किलोमिटर मात्र गहिराइमा रहेको छ ।

जापानी भौगार्भिक विज्ञहरुले सोही कारण धेरै क्षति भएको जनाएका छन् । भूकम्पपछि मानवीय र अन्य क्षतिका विवरणहरु प्राप्त भइरहेका छन् । रासस/एएफपी