काठमाडौं, ३ वैशाख । टर्की सरकारले नेपालका एक युवा चिकित्सकलाई चिकित्सा क्षेत्रमा विशिष्ट सेवा पु¥याएको भन्दै ‘वर्ष चिकित्सक’को रुपमा सम्मान गरेको छ । सिरहा गोलबजारका चिकित्सक विनोदकुमार साहलाई टर्की सरकारले सम्मान गरेको हो ।
छात्रवृत्ति पाएर सन् २००० मा टर्कीको अंकारामा एमबीबीएस अध्ययन गर्न गएका साह अध्ययन पूरा गरेपछि अंकारास्थित लोकमान हेकिम हस्पिटलमा कार्यरत थिए । उनलाई सन् २०१५ को उत्कृष्ट चिकित्सकको रुपमा सम्मान गरिएको हो । टर्कीका राष्ट्रपति एवम् प्रधानमन्त्रीको उपस्थितिमा त्यहाँका स्वास्थ्यमन्त्रीले प्रदान गर्ने उत्कृष्ट चिकित्सकको सम्मानलाई सामाजिक क्षेत्रमा राष्ट्रले दिने विशिष्ट पहिचान मान्ने गरिएको छ ।
साहले टर्कीमा रहेर अध्ययन, अनुसन्धान एवम् विषयगत व्यवहारिक सोध गर्ने गरेका छन् ।
डा. साहले आफ्नो अध्ययन र अनुभवलाई नेपालमै उपयोग गर्न जतिसक्दो चाँडो नेपाल फर्कने योजना बनाएका छन् ।












प्रतिक्रिया