२९ आश्विन २०८३, बिहिबार

खाग तस्करी गर्ने तिब्बतीलाई कैद सजाय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hatkadiचितवन । चितवन राष्ट्रिय निकुञ्जले दुर्लभ एकसिङ्गे गैँडा मारी खाग बिक्री व्यवसाय गरेको मुद्दामा दोषी ठहर गर्दै दुई जना तिब्बती नागरिकसहित चार जनालाई कैद सजाय दिएको छ । उनीहरु दोस्रोपटक कैद सजाय तोकिएका व्यक्ति हुन् ।

निकुञ्जका प्रवक्ता टीकाराम पौडेलले दिएको जानकारीअनुसार तिब्बती नागरिक काठमाडौं बौद्ध बस्ने तान्जिङ निमा लामालाई १३ वर्षको कैद र एक लाख जरिवाना तोकेको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजङ्ग कुँवरको इजलासले सजाय तोकेको प्रवक्ता पौडेलले आज जानकारी दिए ।

२०६८ मा यहाँको त्रिवेणी क्षेत्रमा गैँडा मारेर खाग बिक्री गरेको आरोपमा पक्राउ परेका उनीसहित तिब्बतकै हिसी लामा, प्युठानका महेस केसी, नवलपरासीका खुमराज थापालाई निकुञ्जले सजाय तोकेको हो ।

हिसी लामालाई १२ वर्षको कैद र एक लाख जरिवाना तोकेको, केसीलाई १२ वर्ष कैद र एक लाख जरिवाना तथा थापालाई १० वर्ष कैद र ८० हजार जरिवाना तोकेको निकुञ्जले जनाएको छ ।

खाग बिक्री गरेको अभियोग प्रमाणित भए एक लाख जरिवाना र १५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । संरक्षणकर्मीहरुले अझै कडा कानुनको आवश्यकता भएको बताएका छन् ।