३० आश्विन २०८३, शुक्रबार

शिक्षकलाई कुटेर मार्ने प्राध्यापक प्रहरीको नियन्त्रणमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

doti-district-map-of-nepal

डोटी, १७ साउन । प्रधानाध्यापकको कुटाइबाट एक शिक्षकको मृत्यु भएको छ ।

विपिनगरको निरौलीमा रहेको दुर्गा निम्न माध्यमिक विद्यालयमा प्रधानाध्यापक भीमबहादुर बोहराको कुटाइबाट बर्छैन ९ को आदर्श प्राविका शिक्षक दानबहादुर बोहराको मृत्यु भएको हो ।

बोहराले विद्यालयको कोषबाट लगेको पैसाको सावाँ व्याज नबुझाउँदा प्रधानाध्यापकले शिक्षकलाई कुटेका थिए ।

दानबहादुरले विद्यालयको कोषबाट ५ हजार लगेको र उक्त पैसा नतिर्दा कुटाइ खाएको स्थानीयले बताएका छन् ।

कुटपिटबाट नै बोहरा मृत्यु भएको भन्दै मृतकका आफन्तले प्रहरीमा उजुरी दिएपछि भीमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।