काठमाडौं, १७ साउन । परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा नेपाल–भारतबीच उर्जा व्यापार सम्झौता (पीटीए) गरिने जानकारी दिनुभएको छ ।
उहाँले मोदीको नेपाल भ्रमणका क्रममा माथिल्लो कर्णालीको आयोजना विकास सम्झौता (पीडीए) गरिने तयारी भएको पनि जानकारी दिनुभयो ।
त्यसैगरी उहाँले मोदीको भ्रमणबारे जानकारी दिँदै भन्नुभयो– ‘आइतवार बिहान साढे १० बजे विशेष विमान मार्फत् काठमाडौं ओर्लनुहुने प्रधानमन्त्री मोदीलाई १९ तोपको सलामी पनि दिइने छ ।’
मोदीको स्वागतका लागि प्रधानमन्त्री सुशील कोइराला स्वयं विमानस्थल पुगेर त्रिभुवन विमानस्थलको अतिविशिष्ट कक्षमा मोदीको स्वागत गर्नुहुने छ ।
सन् १९९७ मा तत्कालीन प्रधानमन्त्री इन्द्रकुमार गुजरालपछि भारतका तर्फबाट हुन लागेको यो नै उच्चस्तरीय भ्रमण भएकाले भ्रमणलाई विशेष बनाउने गरी तयारी भएकोपनि मन्त्री पाण्डेले जानकारी दिनुभयो ।
















प्रतिक्रिया