१७ कार्तिक २०८३, मंगलबार

नेता खनालको अचानक निधन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ वैशाख । तनहुँ निवासी नेपाली काँग्रेसका नेता एवम् समाजसेवी भोजराज खनालको ८० वर्षको उमेरमा आज बिहान निधन भएको छ ।

दमको रोगबाट पीडित खनालको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उहाँको पार्थिव शरीरमा नेकाका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको चारतारे झन्डा ओढाएर श्रद्धाञ्जलि दिनुभएको थियो ।

स्व खनालका श्रीमती, दुई छोरा र तीन छोरी हुनुहुन्छ । उहाँको आजै अन्त्येष्टि गरिएको छ । रासस