२५ कार्तिक २०८३, बुधबार

चुरेभावर पार्टीले आज प्रधानमन्त्रीसँग भेट्दै, महाभारत र चुरे क्षेत्र माग्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ वैशाख । चुरेभावर क्षेत्र समेटेर अलग प्रदेशको माग गर्दै आएको चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले आज प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गर्दैछ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान नौ बजेपछि हुने भेटवार्तामा चुरेभावर पार्टीले विभिन्न १४ वटा बुँदासहितको ज्ञापनपत्र बुझाउने सो पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले जानकारी दिनुभयो । ‘हामी आन्दोलनमा छौँ’, उहाँले भन्नुभयो, ‘हाम्रा राजनीतिक माग र मुद्दाका विषयमा प्रधानमन्त्रीसँग कुराकानी हुन्छ । ज्ञापनपत्र पनि बुझाउँछौँ ।’

अध्यक्ष न्यौपानेले विगतमा आफ्नो पार्टीसँग सरकारले गरेको नौँ बुँदे सम्झौताअनुसार चुरेभावर प्रदेश कायम गनरिनु पर्ने विषयलाई प्रधानमन्त्रीसँग गम्भीर रुपमा करा राख्ने बताउनुभयो । ‘महाभारत पहाडको दक्षिण (पानीढलो)देखि चारकोशेझाडीको सम्पूर्ण खण्ड चुरेभावर प्रदेशमा रहनुपर्छ’, उहाँले भन्नुभयो ।